birat ribon

पिएसजीको ‘टार्गेट’ मा एरिक्सन

Neuro
पिएसजीको ‘टार्गेट’ मा एरिक्सन

विराटनगर । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले इटालियन क्लब इन्टर मिलानका क्रिश्चियन एरिक्सन अनुबन्ध गर्ने योजना बनाएको छ । इन्टर छोड्ने तयारी गरेका डेनिस मिडफिल्डर एरिक्सनलाई लिग वान च्याम्पियन क्लब पिएसजीले भित्र्याउने योजना बनाएको हो ।

सान सिरोमा प्रभावकारी प्रदर्शन गर्न नसकेपछि उनी मिलान छोड्ने सोचमा पुगेका हुन् । २८ वर्षीय एरिक्सन हालै इंग्लिस क्लब टोटनह्यामबाट इन्टरमा अनुबन्ध भएका थिए ।

cura insider

एरिक्सनलाई इन्टरले एक रोड ६९ लाख यूरो तिरेर जनवरी महिनामा इङ्ग्ल्याण्डबाट भित्र्याएको थियो । युरोपा लिगको फाइनलमा सेभिल्लाविरुद्ध इन्टर मिलानले हार बेहोर्दा २८ वर्षीय एरिक्सन बेञ्चमा राखिएका थिए ।

जारी सिजनमा एरिक्सनले इन्टर मिलानका लागि ३७३ मिनेट खेलेकोमा हालसम्म कुनै गोल गर्न सकेका छैनन् । एरिक्सन इटालियन प्रशिक्षक एन्टोनियो कोन्टेको नेतृत्वमा खेल्न सङ्घर्षरत छन् । उनले यस सिजन जम्मा चार खेल मात्र खेलेका छन् ।

यता, हालै पिएसजीको मुख्य प्रशिक्षकमा नियुक्त भएका मौरिसयो पोचिटिनोले एरिक्सनलाई अनुबन्ध गर्ने इच्छा देखाएका छन् । यसै जनवरी ट्रान्सफर विन्डोमा एरिक्सनसँग एकसाथ हुने पोचेटिनोको इच्छा छ ।

सन् २०१९–२० मा इरिकसनले ३८ खेलमा अवसर पाएका छन्, जसमा उनले चार गोल गरेका छन् भने तीन असिस्ट गरेका छन् ।

jackson ribon