Rumpum Advertisement

भारतमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या डेढ लाख नाघ्यो

भारतमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या डेढ लाख नाघ्यो

विराटनगर । छिमेकी मुलुक भारतमा कोरोना भाइरसका कारण मृत्यु हुने सङ्क्रमितको सङ्ख्या डेढ लाख नाघेको छ ।

एकै दिन दुई सय ६५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुने सङ्क्रमित सङ्ख्या एक लाख ५० हजार एक सय ५१ पुगेको हो । पछिल्लो २४ घण्टामा १७ हजार नौ सय आठ जना नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या एक करोड तीन लाख ७५ हजार चार सय ७७ पुगेको छ ।

सङ्क्रमितमध्ये ९९ लाख ९६ हजार चार सय ९३ जना उपचारपछि निको भएका छन् । दुई लाख २८ हजार आठ सय ३३ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ । भारत कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म तीन लाख ६५ हजार एक सय ९० जना सङ्क्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६७ जनाले ज्यान गुमाए । दुई लाख नौ सय २७ हजार नयाँ बिरामी एकै दिन थपिएका छन् । जम्मा सङ्क्रमित सङ्ख्या दुई करोड १५ लाख ५३ हजार नौ सय ७८ पुगेको छ ।

एक करोड २८ लाख ४१ हजार चार सय ७७ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै डिस्चार्ज भएर सामान्य जीवनमा फर्किएका छन् । ८३ लाख ४७ हजार तीन सय ११ सङ्क्रमितको अमेरिकामा उपचार जारी छ । उपचार जारी रहेकामध्ये २९ हजार छ सय छ जनाको अवस्था चिन्ताजनक छ ।

ब्राजिलमा हालसम्म एक लाख ९७ हजार सात सय ७७ कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा एक हजार एक सय ८६ जनाले ज्यान गुमाए । एकै दिन ५७ हजार चार सय ४७ नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या ७८ लाख १२ हजार सात पुगेको छ ।

६९ लाख ६३ हजार चार सय सात जना उपचारपछि निको भएका छन् । छ लाख ५० हजार आठ सय २३ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये तेस्रो नम्बरमा रहेको मुलुक हो ।

कोरोनाका कारण प्रभावित मुलुकमध्ये चौथो नम्बरमा रहेको रसियामा एकै दिन पाँच सय १८ जनाले ज्यान गुमाएसँगै हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ५९ हजार पाँच सय छ पुगेको छ । २४ घण्टाभित्र २४ हजार दुई सय ४६ नयाँ बिरामी थपिएपछि जम्मा सङ्क्रमित सङ्ख्या ३२ लाख ८४ हजार तीन सय ८४ पुगेको छ ।

२६ लाख ६२ हजार छ सय ६८ सङ्क्रमित निको भए । पाँच लाख ६२ हजार दुई सय १० जना उपचाररत रहेकोमा दुई हजार तीन सय जनाको अवस्था चिन्ताजनक छ ।

पछिल्लो समय कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिइरहेको बेलायतमा हालसम्म ७६ हजार तीन सय पाँच जना सङ्क्रमितको मृत्यु भइसकेको छ । एकै दिन आठ सय ३० जनाले ज्यान गुमाए । बेलायतमा पछिल्लो २४ घण्टाभित्र ६० हजार नौ सय १६ जना नयाँ बिरामी थपिएपछि जम्मा सङ्क्रमित सङ्ख्या २७ लाख ७४ हजार चार सय ७९ पुगेको छ । सङ्क्रमितमध्ये एक हजार आठ सय ४७ जनाको अवस्था गम्भीर छ ।

विश्वमा हालसम्म १८ लाख ७३ हजार आठ सय ५५ जना कोरोना सङ्क्रमितको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा १२ हजार पाँच सय ५२ जनाको मृत्यु भयो । एकै दिन छ लाख ४१ हजार छ सय २५ जना नयाँ बिरामी थपिएपछि विश्वमा सङ्क्रमितको सङ्ख्या आठ करोड ६७ लाख ७७ हजार छ सय आठ पुगेको छ ।

सङ्क्रमितमध्ये छ करोड १४ लाख ९७ हजार सात सय जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनमुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । दुई करोड ३४ लाख छ हजार ५३ जना उपचाररत रहेकोमा एक लाख सात हजार सात सय ६६ जनाको अवस्था चिन्ताजनक छ ।

प्रतिक्रिया दिनुहोस्: