Rumpum Advertisement

टोटनह्याम काराबाओ कपको फाइनलमा

Neuro
टोटनह्याम काराबाओ कपको फाइनलमा

विराटनगर । टोटनह्याम हटस्पर काराबाओ कपको फाइनलमा पुगेको छ । मङ्गलबार राति भएको सेमिफाइनल खेलमा ब्रेन्टफर्डमाथि २–० गोलको जित निकाल्दै टोटनह्याम उपाधि नजिक पुगेको हो ।

टोटनह्यामको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन मौसा सिसोको र सन् हिउङ–मिनले समान एक–एक गोल गरे । खेलको १२औं मिनेटमा सिसोकोले गोल गर्दै टोटनह्यामलाई सुरुआती अग्रता दिलाए ।

Image

७०औं मिनेटमा हिउङ–मिनले गोल गर्दै टोटनह्यामको अग्रता दोब्बर बनाए । ८४औं मिनेटमा पाहुना टोली दस खेलाडी सीमित भएको थियो । ब्रेन्टफर्डका जोश डासिल्भाले रातो कार्ड खाँदै मैदानबाट बिदा लिएका थिए ।

र, बाँकी समय गोल नहुँदा टोटनह्यामले २–० गोलको जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो । अब, टोटनह्यामले उपाधिका लागि म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीचको विजेतासँग खेल्नेछ ।

Image

सिटी र युनाइटेड आज राति १ः३० बजे ओल्ड ट्राफोर्डमा भिड्दैछन् ।

यसअघि टोटनह्यामले स्टक सिटीलाई ३–१ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो भने ब्रेन्टफर्डले न्यूकासललाई १–० गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।