birat ribon

पिठ्युमा छुरा धस्नेहरूका नाममा

Neuro
पिठ्युमा छुरा धस्नेहरूका नाममा
विकास आचार्य

यो कथा विशुद्ध काल्पनिक हो । कसैको वास्तविक जीवनमा मेल खाएमा त्यो संयोगमात्र हुनेछ ।

धेरै पहिलेको कथा हो ।

cura insider

त्यो बेला जन्मेको बालक अहिले लक्का जवान भयो । अर्को बालकको पिता पनि भइसक्यो । मान्छे जन्मने, हुर्कने, जवान हुने अनि कुनै पेसा–व्यवसायमा लाग्ने त निरन्तर चलिरहने प्रक्रिया नै हो ।

त्यो बेला अर्थात् भर्खरै प्रजातन्त्र पुनर्बहाली भएको थियो । बेलाका लक्का जवानहरू पनि आजको पुस्ताले जस्तै कुनै न कुनै पेसा–व्ज्यवसाय अँगाल्ने, जागिर खाने सपनामा भौँतारिरहेका थिए !
बहुदल स्थापनापछि पहिलो आम निर्वाचन सम्पन्न भएर सरकार गठन भइसकेको थियो ।

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र शेरबहादुर देउवा गृहमन्त्री भएका थिए । नयाँ व्यवस्था, नयाँ आशा, नयाँ सरकारसँगै देशभरका नौजवानहरूमा अवसर प्राप्तिको नयाँ उमङ्ग पलाएको थियो । तनमनमा नवीन झङ्कार प्रवाहित भएको थियो ।

लगत्तै नेपाल प्रहरीमा निरीक्षक हुन पाउने अवसरको ढोका खुल्यो । हजारौँ सङ्ख्यामा ताजा युवाहरूलाई प्रहरी सेवामा आकर्षण गर्न त्यसले महत्वपूर्ण भूमिका निर्वाह गर्‍यो ।
अवसरको खोजी गरिरहेको एउटा लक्का जवान पनि त्यो आकर्षणबाट विमुख रहन सकेन । उसले पनि आवेदन दियो । गृहमन्त्रीले चाहेमा सहज जागिर पाउने कुरामा ऊ विश्वस्त थियो ।

उसले गृहमन्त्रीसँग पहुँच राख्ने स्थानीय मान्छेको खोजी सुरु गर्‍यो । नेपाल विद्यार्थी सङ्घका सभापतिसमेत भइसकेका गृहमन्त्री देउवासँग निकट परिचित स्थानीय काङ्ग्रेसी नेता उसले चिनेजानेकै थिए । ती व्यक्ति पक्कै पनि देउवाकालीन नेवि सङ्घमा खटेका हुन सक्छन् भन्ने अनुमान गर्दै उसले तिनलाई भेटेर देउवालाई सिफारिस गरिदिन आग्रह गर्‍यो ।

उसको आग्रह सहज स्वीकार गरी ति भलादमीले देउवालाई प्रहरी इन्स्पेक्टरमा जागिर लगाइदिन सिफारिस–पत्र लेखिदिने भए ।

काठमाडौँ जाने दिन आयो । जागिर खान उत्सुक ठिटो सिफारिस लिन ती भलादमीको घर पुग्यो । नभन्दै उसलाई तिनले बन्दाबन्दी गरेको पत्रसहितको खाम दिए । ऊ बडो जतनसित उसको भविष्य लेखिएको त्यो खामबन्दी पत्र लिएर रात्रिबस चढेर राजधानीतर्फ हुइँकियो । बाटोमा प्रहरी भएर परेड खेलेको कल्पिँदै गयो ।

कोसी पारि पुगेपछि खाजा खान भनेर बस रोकियो । सबै खाजातिर आकर्षित भए, के छ खाजा भन्दै । तर उसलाई आकर्षित गर्यो त्यो पत्रले, जसमा के लेखिएको छ भन्ने खुलदुली बस चढ्नु अघिदेखिकै थियो ।

भलादमीले ‘खाम नखोली पत्र सीधै गृहमन्त्री देउवालाई दिनू’ भनेका थिए । तर ती भलादमीको ह्वीपले उसको उत्सुकतालाई छेक्न सकेन । उसले त्यो खाम टाँसिएको ठाँउबाट बिस्तारै उक्कायो ।

सफा कागजमा लेखिएको पत्र निकालेर उसले आशा, भरोसासँगै उत्सुकता मिसाएर त्यसलाई पढ्न थाल्यो ।

पढ्दै जाँदा यस्तो थियो ।

‘श्री माननीय मन्त्रीज्यू ! … पत्रबाहक पनि सोही जागिरका लागि आएका हुन् । तसर्थ उनलाई थाहा नदिई … लाई प्रहरी निरीक्षकमा जागिर मिलाउन आवश्यक सहयोग गरिदिनु हुन सिफारिस गर्दछु ।’

लौ, ती भलादमीले त अर्कोलाई पो सिफारिस गरेका रहेछन् ।

जागिर खान हिँडेका युवा आजसम्म क्रुद्ध छन् ।

सिफारिस लेखिदिने पात्र आजसम्म पनि त्यस्तै किर्ते मानसिकता बोकेर हिँडिरहेका छन् । पछाडिबाट धेरैलाई छुरा घोपिरहेका छन् !

jackson ribon