birat ribon

क्वाड्राडोलाई कोरोना सङ्क्रमण

Neuro
क्वाड्राडोलाई कोरोना सङ्क्रमण

विराटनगर । इटालिउन क्लब युभेन्टसका मिडफिल्डर जुआन क्वाड्राडोलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

मङ्गलबार सिरी ‘ए’ च्याम्पियन युभेन्टसले क्वाड्राडो कोरोनाबाट सङ्क्रमित बनेको पुष्टि गरेको हो । पछिल्लो परीक्षणमा उनको रिपोर्ट पोजिटभ आएको युभेन्टसले जानकारी दिएको छ ।

cura insider

उनी होम आइसोलेशनमा रहेको जनाउँदै युभेन्टसले क्वाड्राडोले एसी मिलानसँगको खेल गुमाउने जानकारी दिएको छ । युभेन्टसले बुधबार राति मिलानसँग उसैको मैदानमा खेल्दैछ ।

सिरी ‘ए’को उपाधि होडमा अब्बल देखिएको मिलान युरोपका शीर्ष पाँच लिगमा एक मात्र अपराजित टोली हो । घरेलु लिगमा १५ खेल खेलेको मिलानले ११ जित र ४ पराजयसँगै ३७ अङ्क जोडेको छ ।

साविक विजेता युभेन्टस भने २७ अङ्कका साथ पाँचौं स्थानमा छ । यद्यपि, युभेन्टसले १४ खेल खेलेको छ । अब, बुधबार राति मिलानले युभेन्टससँग आफ्नै मैदानमा खेल्दैछ । यस खेलमा जित निकालेमा मिलानले युभेन्टससँगको अङ्कदूरी अझ फराकिलो बनाउने छ भने हारेको खण्डमा अङ्कदूरी घट्नेछ ।

jackson ribon