birat ribon

जाडोमा यसरी गर्नुहोस् आफ्नो कपालको हेरचाह

Neuro
जाडोमा यसरी गर्नुहोस् आफ्नो कपालको हेरचाह

विराटनगर । जाडोमा मानिसहरू स्किनकेयरमा अत्याधिक ध्यान दिने गर्छन् । तर, के आफ्नो कपालको हेरचाहमा यत्तिको प्रयास गर्छन् त ? जाडोले कपाललाई सुक्खा बनाउने, अत्याधिक झर्ने र कपालको हाङ्गा (स्पिल्ट इन्ड्स)मा क्षतिको लागि नेतृत्व गर्छ ।

चिसोमा वातावरण सुक्खा हुने हुँदा कपालको मोइस्चर हराउँछ, जसले अन्ततः सुख्खा कपाल र डन्ड्रफको परिणाम निम्त्याउँछ । चिसो महिनामा कपालको राम्रो हेरचाह गर्न आवश्यक हुन्छ । कपाललाई मोइस्चराइज गर्नका लागि सबैभन्दा सरल चिजहरूमध्ये एक राम्रो स्याम्पु र कन्डिसनर प्रयोग गर्नु हो ।

cura insider

चिसो मौसममा धेरै पटक कपाललाई धुनु हुँदैन । चिलाउने समस्या रोक्नको लागि कपालमा जतिसक्दो कम स्याम्पुको प्रयोग गर्नु नै राम्रो हुन्छ । जाडोमा, पसिना आउने सम्भावना कम हुने हुँदा छोटो समयमा पटक–पटक कपाल धुनु जरुरी हुँदैन । स्याम्पुले कपालको जरालाई सफा गर्छ, तर यसले कपाललाई मस्चिराइज्ड र सुरक्षित राख्न मद्दत गर्ने कपालको प्राकृतिक तेललाई पनि हटाउँछ ।

जाडोको समयमा साप्ताहमा एकपटक कन्डिसिङ हेयर मास्कको प्रयोग गर्नुपर्छ । अर्गान तेल समावेश भएको हेयर मास्क प्रयोग गर्न सिफारिस गरिन्छ । हेयर मास्क प्रयोग गर्न सजिलो हुन्छन् । हेयर मास्क नियमित कन्डिसनभन्दा बढी प्रभावकारी हुन्छन् र हरेक कपालको भित्र गएर पोषण प्रदान गर्छन् ।

चिसो महिनामा पनि नियमित रूपमा कपालमा तेल लगाउनु जरुरी हुन्छ । यसले स्क्याल्पलाई उत्तेजित गर्न र रक्त संचारलाई बढावा दिन्छ । यसको परिणामस्वरूप कपालको वृद्धि हुन्छ ।

यदि कपालमा तेल लगाउन मन पर्दैन भने तेलमा आधारित कन्डिसनर वा सीरमको पनि प्रयोग गर्न सकिन्छ । यस्ता उत्पादनले ओसलाई कपालमा लक गरी कपाललाई सुक्खा र फुरुङ्ग हुनबाट जोगाउँछ ।

कपाललाई स्टाइलिङ गर्ने उपकरणको कम प्रयोग गर्नुपर्छ । कर्लर र स्ट्रेटर जस्ता हिट उपकरणले कपाललाई सुक्खा बनाई टुक्राउन सक्छन् । कपाल सुकाउनका लागि प्रयोग गरिने हेयर ड्रायर राम्रो समाधान जस्तो लाग्न सक्छ तर, यो कपालका लागि राम्रो मानिँदैन ।

चिसो कपालमा यस्ता उपकरणको प्रयोगले कपाललाई जोखिममा राख्छ । यदि यस्ता उपकरणको प्रयोग गर्नु परेमा कपाललाई जोगाउनका लागि तापबाट बचाउन हिट प्रोटेक्टिङ्ग उत्पादनको प्रयोग गर्न सुझाव गरिन्छ ।

jackson ribon