Rumpum Advertisement

जोनसनको भारत भ्रमण स्थगित

Neuro
जोनसनको भारत भ्रमण स्थगित

विराटनगर । बेलायतमा नयाँ प्रकारका कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसनको भारत भ्रमण स्थगित भएको छ ।

प्रधानमन्त्रीको कार्यालयका एक प्रवक्ताले जनाएअनुसार जोनसनले मङ्गलबार बिहान भारतीय प्रधानमन्त्रीलाई फोन गरी आफू पूर्वयोजनाअनुसार भारत आउन नसकेको भन्दै दुःख प्रकट गरेका थिए ।

बेलायतमा भाइरसको फैलावट बढ्दै गइरहेकोले स्वास्थ्य सङ्कटका बेला आफू विदेश भ्रमण निस्कनु उचित नभएको भन्दै तत्कालका लागि भ्रमण स्थगित गरिएको जानकारी गराएको बताइएको छ ।

जोनसनले यसै वर्ष बेलायतमा आयोजनामा हुने अति विकशित राष्ट्रहरूको समूह (जी–७) सम्मेलनमा भारतलाई अतिथि मुलुकका रूपमा सहभागिता जनाउन निमन्त्रणा दिने कार्यक्रम रहेको थियो ।