birat ribon

सन्दीप पिएसएलको ड्राफ्टमा

Neuro
सन्दीप पिएसएलको ड्राफ्टमा

विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल)को ड्राफ्टमा परेका छन् । पिएसएल मङ्गलबार सार्वजनिक गरेको आगामी संस्करणको ड्राफ्टमा सन्दीपले स्थान बनाएका हुन् ।

उनी यसपटक प्लाटिनम वर्गमा परेका छन् । यो वर्गमा क्रिस गेल, मोइन अली, कोलिन इन्ग्राम, इमरान ताहिर, मलान, क्रिस लिन, रासिद खान, मुजीव उर रहमान रहेका छन् ।

cura insider

यसका साथै घरेलु क्रिकेटमा बाबर अजामलगायतका चर्चित अनुहार यो क्याटागोरीमा छन् । सो ड्राफ्ट लिस्टमा सन्दीपसहित पाकिस्तान र अन्य देशका गरी कुल ३०० खेलाडीहरू समाावेश छन् भने पिसिबीले जनवरी ९ मा खेलाडीहरूको लिलामी गराउने छ ।

सार्वजनिक गरिएको ड्राफ्टमा प्लाटिनम, डाईमण्ड, गोल्ड, सिल्भर र इमरर्जिङ प्लेयर गरी कुल ५ श्रेणी समावेश छन् ।

पिएसएलमा केटा ग्याडियर्टस, लाहोर कलन्दर्स, मुल्तान सुल्तान, इस्लामबाद युनाइटेड, पेशवार जाल्मी र कराँची किङ्स गरी छ फ्रेन्चाइज टोली छन् । एक टिमले कुल १ दशमलव १ मिलियन अमेरिकी डलरमा आफ्नो टिम बनाइसक्नु पर्नेछ ।

सर्वाधिक महँगो क्याटागोरी प्लाटिनममा ड्राफ्ट गरिएका खेलाडीहरूलाई कुनै टिमले एक लाख १७ हजार देखि दुई लाख १८ हजार डलरसम्म खरिद गर्न सक्नेछन् । यस्तै डाइमण्ड श्रेणी खेलाडीहरूको मूल्य ७३ हजार अमेरिकी डलरदेखि १ लाख ३ हजार अमेरिकी डलरबीच रहने छ ।

सन् २०१८ मा सन्दीपलाई लाहोर कलन्दर्सले खरिद गरेको थियो । गोल्ड क्याटागोरीमा लाहोरमा सन्दीप अनुबन्ध भएका थिए । सन्दीपले ७ खेलमा ११ विकेट लिएका थिए ।

jackson ribon