birat ribon

मोरङमा नेकपा प्रचण्ड–माधव समूहको एक हजार पाँच सय सदस्यीय सङ्घर्ष समिति

Neuro
मोरङमा नेकपा प्रचण्ड–माधव समूहको एक हजार पाँच सय सदस्यीय सङ्घर्ष समिति

विराटनगर । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले मोरङमा एक हजार पाँच सय एक जना सदस्य रहेको सङ्घर्ष समित गठन गरेको छ ।

मङ्गलबार विराटनगरमा बसेको नेकपा मोरङ जिल्लाको सचिवालय बैठकले गणेश उप्रेतीको संयोजकत्वमा एक हजार पाँच सय १ जना सदस्य रहनेगरी जिल्लास्तरीय सङ्घर्ष समिति गठन गरेको हो ।

cura insider

समितिमा जिल्ला र नगर र वडा र जनवर्गीय सङ्गठनमा आवद्ध भएकाहरूलाई सदस्य बनाइएको छ । समितिको सहसंयोजकमा पारुल क्षेत्री छन् ।

जिल्लास्तरीय समितिले प्रतिनिधिसभा विघटनका विरुद्ध सङ्घर्ष गर्ने उप्रेतीले जानकारी दिए । बैठकले नेकपा मोरङ इञ्चार्ज घनेन्द्र बस्नेतको नेतृत्वमा निर्देशक समिति गठन गरेको छ ।

पार्टी एकताको बाँकी काम पूरा गर्नका लागि पनि उप्रेतीको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

jackson ribon