birat ribon

सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनर्स्थापना गर्नेमा ढुक्क छु : काङ्ग्रेस नेता पौडेल

Neuro
सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनर्स्थापना गर्नेमा ढुक्क छु : काङ्ग्रेस नेता पौडेल

काठमाडौं । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका छन् ।

मङ्गलबार जनता समाजवादी पार्टी, नेपालले आयोजना गरेको अन्तर्क्रियामा बोल्दै नेता पौडेलले सार्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका हुन् ।

cura insider

कुनै कानूनी तथा संवैधानिक आधारविना नै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभाको विघटन गरेकाले सर्वोच्च अदालतले संविधानको भावनाअनुसार नै व्याख्या गरेर प्रतिनिधिसभालाई पुनर्स्थापना गर्नेमा आफू विश्वस्त रहेको बताए ।

jackson ribon