birat ribon

प्रधानमन्त्रीले संविधानको उल्लङ्घन गरी कमजोरी ढाकछोप गर्न पूर्व–एमालेको छाता ओढाए : नेता भट्टराई

Neuro
प्रधानमन्त्रीले संविधानको उल्लङ्घन गरी कमजोरी ढाकछोप गर्न पूर्व–एमालेको छाता ओढाए : नेता भट्टराई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले राजनीतिक परिस्थितिलाई मोड्न जनताको बहुदलीय जनवादको कुरा उठाएको बताएका छन् ।

पार्टीको केन्द्रीय सङ्घर्ष समितिको सह–संयोजक तथा प्रवक्तासमेत रहेका भट्टराईले मङ्गलबार बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले केपी शर्मा ओली पक्षधरले पूर्व–एमाले तथा जनताको बहुदलीय जनवादलाई एकिकृत गर्ने कुरा वर्तमान राजनीतिक परिस्थितिलाई मोड्नको निम्ति मात्रै भएको बताएका हुन् ।

cura insider

प्रधानमन्त्रीले संविधानको उलंघन गरी आफ्नो कमजोरी ढाकछोप गर्न पूर्व–एमालेको छाता ओढाइएको उनको भनाई छ । पूर्व–एमाले अथवा पूर्व–माओवादी भनी एक ठाउँमा आउँदा मुलुक ०६२÷०६३ को आन्दोलन अगाडिको अवस्थामा पुगी देश द्वन्द्वमा जाने उनले बताए ।

पूर्व–एमाले र पूर्व–माओवादी भन्नु समाजलाई पछि धकेल्ने कुरा भएको उनको भनाइ छ । २०७५ जेठ ३ गते दुवै पार्टी विधिवत् रुपमा विघटन भएको र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरी एकिकृत केन्द्रीय कमिटीले अनुमोदन गरेकाले पछाडि फर्किन नसकिने उनले बताए ।

jackson ribon