Rumpum Advertisement

रामोस र मेस्सीलाई समेटेर ‘महान् टिम’ बनाउँदै पिएसजी

रामोस र मेस्सीलाई समेटेर ‘महान् टिम’ बनाउँदै पिएसजी

विराटनगर । स्पेनिस क्लब रियल मड्रिड आफ्ना तीन खेलाडीसँगको सम्झौता नवीकरण गर्ने दौडमा देखिएको छ । नयाँ वर्ष २०२१ देखि नै रियलले कप्तान सर्जियो रामोस, लुका मोड्रिक र लुकास भास्क्वेजसँग सम्झौता नवीकरण गर्न प्रस्ताव टेबलिङ गरेको थियो ।

रियलका प्रशिक्षक जिनेदिन जिदानले १ जनवरी २०२१ मा तीनै खेलाडी रियलका लागि महत्त्वपूर्ण भएको उल्लेख गर्दै तीनै जनासँग सम्झौता थप्न प्रस्ताव गरेको जनाएका थिए ।

तीनमध्ये, क्रोएशियन मिडफिल्डर मोड्रिकले रियलसँग थप एक वर्ष सम्झौता लम्ब्याउने पक्का भइसकेको छ । उनी सन् २०२२ सम्मको सम्झौतामा हस्ताक्षर गर्न राजी भएका हुन् । उनी पारिश्रमिकमा पनि सहमत हुँदै रियल बस्ने मनसायमा पुगेका हुन् ।

यस्तै भास्क्वेजले भने सम्झौता थप गर्ने–नगर्नेमा शंका छ भने रामोस ‘पर्ख र हेर’को अवस्थामा छन् । खबरका अनुसार रामोस रियलको अफरबाट खुशी छैनन् । अरु दुई वर्ष सम्झौता लम्ब्याउने तयारीमा रियल रहँदा रामोसले करिब १० प्रतिशत तबल बढाउनुपर्ने माग गरेका थिए । हाल उनले रियलबाट प्रतिसिजन १५ मिलियन युरो कमाउँदै आएका छन् ।

खबरमा जनाइएअनुसार गत बुधबार एक होटलमा रामोस र रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजबीच करिब दुई घण्टा भेटवार्ता भएको थियो । जसमा रामोसले रियलको प्रस्ताव आफूलाई चित्त नबुझेको प्रतिक्रिया दिँदै तलबमा वृद्धि गर्न भनेका थिए ।

खबरका अनुसार रामोस रियल बसाइ अन्त्य गर्दै फ्रान्सको राजधानी पेरिस सर्ने मनसायमा छन् । पिएसजीले बार्सिलोनाका कप्तान लियोनल मेस्सी र रामोसलाई समेट्दै ‘महान् टिम’ बनाउने योजना बनाएको छ । यसैले रामोसको ध्यान फ्रान्सतिर रहेको खबरमा उल्लेख छ ।

केही मिडियाहरूले त रामाेस फ्रान्सको राजधानमी बसाइँ सर्नका लागि फ्रेन्च भाषा सिक्न थालेकाे पनि उल्लेख गरेका छन् । तर, यसबारे रामाेस, रियल र पिएसजी कसैले पनि आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।

मोड्रिक थप एक वर्ष रियलमा बस्न सहमत

प्रतिक्रिया दिनुहोस्: