Rumpum Advertisement

मङ्गलबार पाँच सय २२ कोरोना सङ्क्रमित थपिए

Neuro
मङ्गलबार पाँच सय २२ कोरोना सङ्क्रमित थपिए

विराटनगर । मङ्गलबार देशभर थप पाँच सय २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा थप पाँच सय २२ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो ।

मन्त्रालयका अनुसार नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ६२ हजार सात सय ८४ पुगेको छ । हाल पाँच हजार दुई सय २५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा पाँच सय ७८ जना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ५५ हजार छ सय ६६ जना निको भइसकेका छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट एक हजार आठ सय ९३ जनाको मृत्यु भएको छ ।