birat ribon

जाडोमा जोर्नीको दुखाइ यसकारण हुन्छ

Neuro
जाडोमा जोर्नीको दुखाइ यसकारण हुन्छ

विराटनगर/जोर्नीको दुखाइले सबै मौसममा दुःख दिए पनि चिसो मौसममा यो अत्यधिक तीव्र हुन्छ ।

यो बाथ, चोटपटक, स्वास्थ्य स्थिति वा व्यायाम गरेपछि असर गर्ने भए पनि जाडोमा सबैभन्दा अधिक दुखाइ महसुस हुन्छ । जोर्नीमा दुखाइ, कक्रक्क हुने र सुन्निने समस्याले ठूलो असुविधा निम्त्याउन सक्छ र दैनिक गतिविधिमा बाधा पुर्‍याउन सक्छ । जोर्नीको दुखाइको कुनै खास कारण हुँदैन । त्यस्तै, चिसो मौसममा किन सबैभन्दा धेरै जोर्नीको दुखाइ बढ्छ भन्ने पनि कुनै खास कारण छैन ।

cura insider

विभिन्न सम्भावित कारणहरूलाई देखाउँदै यससँग सम्बन्धित धेरै सिद्धान्तहरू छन् । ब्यारोमेट्रिक प्रेसर (हावाको चाप) ले जोर्नीहरूलाई असर गर्न सक्छ, तर आर्द्रता, वर्षा र तापक्रमले पनि यसमा केही भूमिका निर्वाह गर्ने हुन्छ । बाथ र अन्य जोर्नीको समस्याबाट पीडित व्यक्तिमा ब्यारोमेट्रिक प्रेसरमा परिवर्तनप्रति संवेदनशील हुन सक्छन् ।

जाडोमा शरीरले तापलाई संरक्षण गर्न थाल्छ र अवस्थित अङ्गहरूलाई रगतको एक ठूलो मात्रा पठाउँछ । यस्तो परिस्थितिमा पाखुरा, खुट्टा, काँध, घुँडाका जोर्नीहरूमा रगत बाहिनीहरू कडा हुन्छन्, जसले गर्दा दुखाइ महसुस हुन्छ । चिसो मौसम पहिलाबाट स्वास्थ्यमा भएका समस्याहरूलाई बढाउनका लागि परिचित छ ।

चिसो मौसममा जोर्नी दुखाइलाई मात्र नभएर अन्य समस्याको जोखिम पनि बढ्ने हुन्छ । त्यसैले चिसो मौसममा सबैभन्दा महत्वपूर्ण कुरा भनेको आफूलाई न्यानो राख्नु हो । जोर्नीमा हिटिङ प्याड वा नि–क्याप लगाउनाले मांसपेशीमा न्यानो पाउन सकिने हुँदा दुखाइबाट केही हदसम्म राहत पाउन मद्दत गर्छ । शरीरमा भिटामिन डीको कम स्तरले पनि दुखाइ बढाउन सक्छ ।

प्रत्येक दिन घाममा केही समय बसेर भिटामिन डी बढाउने प्रयास गर्नुपर्छ । भिन्डी, च्याउ र दुग्ध उत्पादलगायत भिटामिन डी समृद्ध खानालाई दैनिक आहारमा थप्न सकिन्छ । पहिले नै जोर्नीहरूसँग सम्बन्धित समस्या भएका व्यक्तिले मांसपेशीमा थप दबाब नबनाउने प्रयास गर्नुपर्छ ।

भारी वस्तु नउठाउने, अत्यधिक शारीरिक गतिविधि गर्नबाट जोगिनुका साथै, खाने र सुत्ने बानीलाई राम्रोसँग ख्याल राख्नुपर्छ । प्राकृतिक उपचारले सजिलैसँगै दुखाइबाट राहत पाउन सकिन्छ । यदि दुखाइ अत्यधिक र सहनै नसक्ने भएको खण्डमा आर्थोपेडिस्ट वा फिजियोथेरापिस्टसँग सल्लाह लिन जरुरी हुन्छ । समस्यालाई सामान्य सोची बेवास्ता गरेमा समस्या थप खराब हुन सक्छ ।

jackson ribon