birat ribon

पराजयपछि रेफ्रीमाथि क्लोपको आरोप

Neuro
पराजयपछि रेफ्रीमाथि क्लोपको आरोप

विराटनगर । लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले इङ्ग्लिस प्रिमियर लिगअन्तर्गत साउथह्याम्पटनसँगको हारबाट निराश बनेका छन् । उपाधि होडमा अग्रता लिइरहेका बेला आफ्नो यात्रामा रोकावट आएपछि क्लोप निराश बनेका हुन् ।

गए राति साउथह्याम्पटनसँग १–० गोलको हार ब्यहोरेपछि उनले खेलका रेफ्रीमाथि आरोप लगाएका थिए । साउथह्याम्पटनको मैदानमा घरेलु टोलीलाई जिताउन डेनी इङ्ग्सले निर्णायक गोल गरेका थिए ।

cura insider

खेलको दोस्रो मिनेटमा उनले गरेको गोल नै साउथह्याम्पटनलाई जिताउन निर्णायक बन्यो । त्यसपछि पनि १७ वटा प्रहार गरेको लिभरपुलले गोल गर्न सकेन । खेलको ५१औं मिनेटमा लिभरपुलले पेनाल्टीको अपील गरेको भए पनि रेफ्रीले पेनाल्टी दिएनन् ।

विज्नाडमबाट पाएको बल पोस्टतर्फ प्रहार गर्नेक्रममा साउथह्याम्पटनका ज्याक स्टेफन्सको हातमा लागेको थियो । त्यसपछि लिभरपुलका खेलाडीले पेनाल्टीको अपील गरेका थिए । भिएआरको सहायता लिएका रेफ्रीले पेनाल्टी दिएनन् ।

‘साँच्चै कठिन बनाइयो’, क्लोपले स्काई स्पोर्ट्ससँग भने, ‘हामीले राम्रो खेलेका थियौं । अरु टिम भएको भए त्यस अवस्थामा पेनाल्टी पाउँथे । मलाई जहाँसम्म लाग्छ, त्यहाँ स्ष्ट ह्याण्डबल थियो । मलाई थाहा छैन कसले मलाई बुझाउन सक्छ । रेफ्रीले हाम्रो अपील नसुनेका कारण नतिजा साउथह्याम्पटनको पक्षमा गयो ।’

jackson ribon