Rumpum Advertisement

पल्सर स्पोर्टस् अवार्ड मनोनयनमा सागको वर्चस्व

पल्सर स्पोर्टस् अवार्ड मनोनयनमा सागको वर्चस्व

काठमाडौँ । पल्सर स्पोर्ट्स अवार्ड २०७६ अन्तर्गत प्रमुख चार विधामा मनोनयमा परेका खेलाडीको सूची सार्वजनिक गरिएको छ । मङ्गलबार सार्वजनिक गरिएको विभिन्न ४ विधाको मनोनयनमा पर्नेमा सबै १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता छन् ।

१७औं संस्करणको सो अवार्डका लागि वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र वर्षका उत्कृष्ट प्रशिक्षकको मनोनयन सार्वजनिक भएको छ ।

वर्षका पुरुष खेलाडीको मनोनयमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोको कमल श्रेष्ठ, करातेका मन्देकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ छन् ।

वर्षकी महिला खेलाडीको मनोनयमा करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी सिंह र ट्रायथलनकी सोनी गुरुङ छिन् ।

वर्षका युवा खेलाडीको मनोनयनमा तेक्वान्दोका भूपेन श्रेष्ठ, जुडोकी पुनम श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोका सिना लिम्बू र गल्फका सुवास तामाङ छन् ।

वर्षका उत्कृष्ट प्रशिक्षकको मनोनयमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने अवार्ड कार्यक्रम अर्को साता हुँदैछ ।