birat ribon

मिलान युरोपको एक मात्र अपराजित टोली

Neuro
मिलान युरोपको एक मात्र अपराजित टोली

विराटनगर । इटालियन फुटबल क्लब एसी मिलानले पछिल्लो समय आफ्नो उत्कृष्ट प्रदर्शनलाई कायमै राखेको छ ।

सिरी ‘ए’ लगभग आधा सिजन सकिँदासम्म मिलान अपराजित रहेको छ । सिरी ‘ए’को उपाधि होडमा अब्बल देखिएको ऊ युरोपका शीर्ष पाँच लिगमा एक मात्र अपराजित टोली बन्न सफल भएको छ ।

cura insider

घरेलु लिगमा १५ खेल खेलेको मिलानले ११ जित र ४ बराबरीसँगै ३७ अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको इन्टर मिलानसँग ३६ अङ्क छ । साविक विजेता युभेन्टस भने २७ अङ्कका साथ पाँचौं स्थानमा छ । यद्यपि, युभेन्टसले १४ खेल खेलेको छ ।

अब, बुधबार राति मिलानले युभेन्टससँग आफ्नै मैदानमा खेल्दैछ । यस खेलमा जित निकालेमा मिलानले युभेन्टससँगको अङ्कदूरी अझ फराकिलो बनाउने छ भने हारेको खण्डमा अङ्कदूरी घट्नेछ ।

यस सिजन मिलानका स्ट्राइकर ज्लाटान इब्राहिमोभिक लयमा देन्छिन् । उमेरले ३९ वर्ष पुगेका उनले सिरी ‘ए’मा ६ खेल खेल्दा १० गोल गरेका छन् । यता, रोनाल्डोले भने ११ खेलमा १४ गोल गरेका छन् ।

jackson ribon