birat ribon

कोभिड सङ्क्रमणको सबैभन्दा प्रबल सङ्केत यी दुई लक्षण

Neuro
कोभिड सङ्क्रमणको सबैभन्दा प्रबल सङ्केत यी दुई लक्षण

विराटनगर/खोकी, ज्वरो र सास फेर्न गाह्रो हुने कोभिड १९ सङ्क्रमण हुँदा देखिने सम्बन्धित लक्षणहरू हुन् ।

तर, नयाँ अन्तर्राष्ट्रिय अध्ययनअनुसार दुई लक्षणले कोभिडको सङ्क्रमण भएको पुष्टि गर्न सक्छ । स्वाद र गन्ध हराउनु, दुई लक्षण हुन् जसले एक मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएको स्पष्ट सङ्केत गर्छ । हार्वर्ड मेडिकल स्कुल युनिभर्सिटी कलेज लन्डन, किङ्ग्स कलेज लन्डन र इजरायलको वेइज्मान इन्स्टिच्युट अफ साइन्सका विज्ञहरूले अमेरिका, बेलायत र इजरायलका तीन डिजिटल सर्भिलेन्स प्लेटफर्महरूको तथ्याङ्क सर्वेक्षण गरेका थिए ।

cura insider

सर्वेक्षणमा १० करोडभन्दा बढीको कुल परीक्षण गरिएको थियो जसमध्ये छ लाख ५८ हजार तीन सय २५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि गरिएको थियो । अध्ययनबाट गन्ध र स्वाद हराउनु कोभिडको एक विश्वसनीय सङ्केत रहेको पत्ता लागेको छ । हालसम्म यी दुई लक्षणहरू नियमित रूपमा कोभिडको सङ्क्रमण भएको पुष्टि गर्ने सबैभन्दा बलियो पूर्वानुमान हो ।

यी दुई लक्षणका साथै टाउको दुखाइ, घाँटीको दुखाइ, थकान र ज्वरो पनि कोभिड संक्रमितमा देखिने मुख्य लक्षण हुन् । सामान्यतया दुई लक्षणबाहेक यी समस्या अन्य लक्षणहरूको साथ पनि प्रस्तुत हुने गर्छ ।

jackson ribon