Rumpum Advertisement

युभेन्टसले जिराउड भित्र्याउने

युभेन्टसले जिराउड भित्र्याउने

विराटनगर । इटालियन च्याम्पियन क्लब युभेन्टसले चेल्सीका फरवार्ड ओलिभर जिराउड भित्र्याउन इच्छा देखाएको छ । फ्रान्सेली स्टार जिराउडलाई यसै जनवरी ट्रान्सफर विन्डोमा अनुबन्ध गर्ने युभेन्टसले इच्छा देखाएको जनाइएको छ ।

सिरी ‘ए’ क्लबले ३४ वर्षीय जिराउडलाई प्राथमिकतामा राखेको छ । युभेन्टसले नापोलीका अर्काडिउस मिलिक र फर्नान्डो लोरेन्टेलाई पनि अनुबन्ध गर्न चाहेको जनाइएको छ । त्यसमध्ये जिराउड पहिलो प्राथमिकतामा रहेका छन् ।

जिराउडले यो सिजन चेल्सीका लागि १६ खेल खेल्दा आठ गोल गरेका छन् । जिराउड र चेल्सीबीचको सम्झौता यसै समरमा सकिँदैछ । उनी जनवरी २०१८ मा आर्सनलबाट स्टाम्फोर्ड ब्रिज आएका हुन् ।

उनले सो सिजन चेल्सीलाई च्याम्पियन्स लिगमा छनौट गर्न महत्त्वपूर्ण भूमिका निभाएका थिए । जिराउडले २०२० मा ३४ खेल खेल्दा १८ गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: