Rumpum Advertisement

तोलामा एघार सयले उकालो लाग्यो सुनको मूल्य

तोलामा एघार सयले उकालो लाग्यो सुनको मूल्य

काठमाडौँ/स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा एक हजार एक सयले वृद्धि भएको छ । छापावाला सुन आज प्रतितोला ९६ हजार चार सयमा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ ।

छापावाला सुन सोमबार प्रतितोला ९५ हजार तीन सयमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज प्रतितोला ९५ हजार नौ सयमा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सो सुन प्रतितोला ९४ हजार आठ सयमा सोमबार कारोवार भएको थियो ।

यस्तै चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार तीन सय ३५ मा कारोवार भएको छ । चाँदी प्रतितोला एक हजार तीन सय २५ मा सोमबार कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: