Rumpum Advertisement

घरायसी विवादमा श्रीमतीको हत्या

घरायसी विवादमा श्रीमतीको हत्या

इलाम/घरायसी विवाद हुँदा इलामको देउमाई नगरपालिका–८ आमबोटेमा एक युवाले आफ्नी श्रीमतीको घाँटीमा कुखुरी प्रहार गरी हत्या गरेका छन् ।

आज बिहान साढे ५ बजे सामान्य घरायसी विवाद हुँदा पति ३३ वर्षीय सुवास राईले २७ वर्षीया नम्रता राईको हत्या गरेका हुन् ।

हत्या अभियोग लागेका ३३ वर्षीय राईलाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिएको छ । घटनाबारे जानकारी पाउनासाथ प्रहरीचौकी जीतपुरबाट खटिएको प्रहरी टोलीले अभियुक्त राईलाई नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्: