Rumpum Advertisement

६ लेन सडक : बीचबाट निस्कियो पानी

मर्मत गर्न आनाकानी

६ लेन सडक : बीचबाट निस्कियो पानीमर्मत गर्न आनाकानी

मोहन ढकाल

विराटनगर/६ लेन सडक निर्माण सम्पन्न नहुँदै जीर्ण बन्दै गएको छ । ठेकेदार कम्पनी र ६ लेन सडक परियोजनाको लापरवाहीका कारण सडक निर्माणधीन अवस्थामा नै जीर्ण बन्दै गएको छ । बीच सडकबाट पानीको पाइप फुटेको लामो समयसम्म पनि मर्मत कार्य भएको छैन । जसबाट निर्माण भएको सडक भत्किँदै गएको छ ।

६ लेन सडकखण्डअन्र्तगत विराटनगरका विभिन्न ठाउँमा सडक भत्किएको छ । पानीको पाइप फुटेर बारम्बार सडकमा समस्या हुँदै आएको छ । लापरवाहीपूर्ण तरिकाले निर्माण कार्य गरेका कारण यस्तो समस्या बारम्बार आइरहेको स्थानीयले बताए ।

‘विराटनगरको हाम्रो अस्पतालअगाडिको बाटोमा बारम्बार बीच बाटोबाट पानी निक्लिरहेको हुन्छ । तर मर्मत कार्य भने सुस्त गतिमा हुने गरेको छ,’ स्थानीय कृष्ण माझीले भने । केही समयअगाडि पानी निक्लिएको ठाउँ पनि मर्मत नहुँदा थप भत्किँदै गएको अवस्था छ । पहिला पानी निक्लिएको ठाउँनजिकै अर्को ठाउँबाट पाइप फुटेर हप्ता दिनभन्दा बढी भयो पानी निक्लिरहेको छ । तर मर्मत गर्न सम्बन्धित निकाय मौन छ । मर्मतमा सम्बन्धित निकायको ध्यान नजाँदा सडक भत्किँदै गएको छ ।

केही दिनअगाडि हाम्रो अस्पतालअगाडिको ६ लेन सडकखण्डमा बीच बाटोमा पाइप फुटेर पानी निक्लिएको थियो । उक्त ठाउँमा पानी निक्लिएको हप्ता दिनपछि मात्रै मर्मत भयो । तर बाटोमा पानी निक्लिएर मर्मत गर्दा भत्किएको ठाउँ भने मर्मत भएको छैन । जसका कारण त्यस ठाउँमा थप भत्किँदै गएको छ । दिनहुँ हजारौँ गाडी गुडिरहने स्थानमा मर्मतमा लापरवाही गर्दा दुर्घटनाको जोखिम बढेको छ ।

पहिला पानी निक्लिएको ठाउँ नजिकै अर्को ठाउँबाट पनि पानी निक्लिएर बाटो भत्किँदै गएको अवस्था छ । तर मर्मत गर्न सम्बन्धित निकाय मौन छ ।

यो विषयमा जानकारी लिन सम्बन्धित निकायमा बारम्बार सम्पर्क गर्दा फोन उठेन ।