Rumpum Advertisement

उमेशको ‘तिम्रो याद भुलाउन’ सार्वजनिक

Neuro
उमेशको ‘तिम्रो याद भुलाउन’ सार्वजनिक

विराटनगर / सुनसरी, इनरुवाका युवा उमेश रेग्मीको शब्द तथा सङ्गीतमा तयार भएको गीत ‘तिम्रो याद भुलाउन’ को भिडियो सार्वजनिक भएको छ । गीतमा चर्चित गायक शिव परियारको स्वर रहेको छ ।

गीतको भिडियोमा सञ्चारकर्मी नरेश भट्टराई र टेलिभिजनकर्मी तथा मोडल साक्षी लम्साल फिचर्ड छन् । गीतमा महाराज थापाले संगीत संयोजन गरेका हुन् ।

युवराज वाइवाले निर्देशन गरेको भिडियोमा प्रेमिकाले छाडेपछि उसको याद भुलाउन एउटा प्रेमीले मदिराको सहारा लिएको देखाइएको छ । गीतबारे गायक शिव परियार भन्छन्, ‘यसलाई राम्रो आधुनिक गीतका रुपमा चित्रण गर्न चाहन्छु । गीतले नशा पिएर रमाइलो गर्नेभन्दा पनि नशा पिएर म खराब भएँ भन्ने सन्देश दिएको छ ।’

गीतकार उमेश रेग्मी

हाल अमेरिका बस्दै आएका रेग्मीको शब्द तथा सङ्गीतमा अहिलेका धेरै चलेका गायक–गायिकाले गीत गाइसकेका छन् । अमेरिकामा रहेर पनि नेपाली गीत सङ्गीतमा सक्रिय रेग्मीको ‘बाबाको दुई पैसे जागिर, मेरो याद तिमीलाई आउँछ आउँदैन’, ‘मैले गर्ने मायामा’, ‘प्रिय तिम्रो तस्बिर’, ‘छोरी’ लगायत गीत चर्चित छन् ।

निसल पौडेलले छायाङ्कन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । गीतको भिडियो गोत्र इन्टरटेन्टमेन्टको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

रेग्मीले आफू जन्मे–हुर्केको ठाउँ सम्झेर ‘इनरुवा’ शीर्षकमा तयार पारेको गीत चर्चित गायक रामकृष्ण ढकालले गाउने, अभिनय गर्ने भएका छन् । सो गीतको छायाङ्कन चाँडै हुने गीतकार रेग्मीले बताए ।

https://www.youtube.com/watch?v=oloDLBqJUxQ