birat ribon

एउटै सर्पले एक महिनामा आठ पटक डस्दा पनि किशोर सकुशल

Neuro
एउटै सर्पले एक महिनामा आठ पटक डस्दा पनि किशोर सकुशल

विराटनगर । भारतमा एउटा अचम्मको घटना भएको छ । एउटै सर्पले पटकपटक एक किशोरलाई डसिरहेको छ ।

भारतको उत्तर प्रदेश बस्ती जिल्लास्थित रामपुर गाउँका १७ वर्षीय यशराज मिश्रलाई एउटै सर्पले एक महिनाको अवधिमा आठ पटक डसिसकेको छ । सर्पको टोकाइबाट निक्किै आत्तिएका उनको अहिले पनि उपचार जारी छ । सर्पका कारण उनी निक्कै त्रसित छन् । उनमा मानसिक समस्या देखा पर्न थालेको छ । तर सर्पको टोकाइका बाबजुत किशोर हालसम्म सकुशल रहेका छन् ।

cura insider

एउटै सर्पले बारम्बार किन निशाना बनाइरहेको छ भनेर खोजी र अनुसन्धान पनि थालिएको सञ्चार माध्यमहरुले जनाएका छन् । पछिल्लो पटक उनलाई २५ अगष्टमा सर्पले टोकेको थियो ।

‘जब छोरालाई तेस्रो पटक सर्पले टोक्यो मैले उसलाई आफ्नो नातेदार कहाँ बहादुरपुर गाउँ पठाएको थिएँ’ किशोरका बाबु चन्द्रमौली मिश्रले भने–‘केही दिनपछि छोराले फेरि घरमा त्यही सर्प देख्यो र उसलाई फेरि डस्यो।’ अहिले गाउँकै एक अस्पतालमा उपचाररत किशोर निक्कै मानसिक तनाबमा रहेको उनका बाबुले बताएका छन् ।

सर्पकै कारण उनी हर समय आतंकित भइरहन्छन् । उनका परिवारले देवी देवताको कारणले यस्तो भएको होकी भनेर निकै पटक पूजा अचर्ना पनि गरे । सर्पलाई समात्नका लागि तालिम प्राप्त मान्छे भने बोलाए । तर ती कुनै प्रयासले पनि काम गरेन । बाबु चन्द्रमौली भन्छन्–‘आखिर सर्पले किन यशराजलाई नै निशाना बनाइ रहेको छ बुझ्न सकेको छैन।’

jackson ribon