Rumpum Advertisement

कोरोनाका कारण बेलायतमा फेरि लकडाउन

कोरोनाका कारण बेलायतमा फेरि लकडाउन

विराटनगर । विश्वभर महामारीकोे रुप लिएको कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिएको बेलायतमा दोस्रो पटक लकडाउन गरिएको छ ।

पछिल्लो समय बेलायमा सङ्क्रमण तीव्र रुपमा फैलिइरहेको छ । भाइरसको नयाँ प्रकार पनि बेलायतमा भेटिएको छ । कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएकोभन्दै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले फेरि देशव्यापी लकडाउनको घोषणा गरेका हुने । उनले फेब्रुअरी मध्यसम्मको लागि लकडाउनको घोषणा गरेका हुन् ।

लकडाउन घोषणा गर्दै प्रधानमन्त्री जोनसनले सकेसम्म घरबाहिर ननिस्कन सबैसँग अनुरोध गरेका छन् । लकडाउन लागु भएसँगै बेलायतमा मंगलबारदेखि कोही पनि घरबाहिर निस्कन पाउने छैनन् । संक्रमित र अस्पताल भर्ना हुनेको संख्या बढ्दै गएपछि बेलायतमा पुनः लकडाउनको घोषणा भएको हो । प्रधानमन्त्री जोनसनले यो हप्ता बेलायतको लागि निकै कष्टकर हुने चिन्ता व्यक्त गरेका छन् ।

यस्तै प्रधानमन्त्री जोनसोनले अर्को महिनाको मध्यदेखि संवेदनशील शीर्ष चार समुहलाई कोरोना विरुद्धको खोप दिन सुरु गर्ने बताएका छन्। उनका अनुसार हेरचाह केन्द्रमा रहेका व्यक्ति, ७० वर्ष नाघेका वृद्धवृद्धा, सामाजिक र स्वास्थ्य क्षेत्रमा अग्रस्थानमा रहेर कार्यरत कर्मचारी र जोखिमयुक्त मानिएका व्यक्तिलाई खोपको पहिलो डोज दिइनेछ ।

डाउनस्ट्रिटमा बोल्दै प्रधानमन्त्री जोनसनले बुधबार सबेरै कानुनको रुपमा लागु हुनु अघि नै लकडाउन पालना गर्न पनि सबैसँग अनुरोध गरेका छन् । बेलायतमा अहिलेसम्म २७ लाख बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ७५ हजारको मृत्यु भइसकेको छ ।

बेलायतमा गएको २४ घण्टामा मात्रै ५८ हजार बढी संक्रमित थपिँदा ४ सयको मृत्यु भएको छ । केही दिनयता बेलायतमा दैनिक ५० हजारभन्दा धेरै संक्रमित थपिन थालेपछि प्रधानमन्त्री जोनसनले देशव्यापी लकडाउनको घोषणा गरेका हुन् । कोरोना नियन्त्रणका लागि बेलायतमा यसअघि पनि लकडाउन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: