Rumpum Advertisement

साउदीले लगाएको कतारमाथिको नाकाबन्दी हट्यो

Neuro
साउदीले लगाएको कतारमाथिको नाकाबन्दी हट्यो

विराटनगर । साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ । नाकाबन्दी हटेसँगै दुई देशबीचको तिक्तता अन्त्य हुने अपेक्षा गरिएको छ ।

कतारमाथि आतंकवादलाई सहयोग गरेको आरोप थियो । यहि आरोपमा २०१७ जुन ५ बाट खाडी मुलुकहरु साउदी अरब, बहराइन, ओमन, युएई लगायतले कतारमाथि नाकाबन्दी लगाएका थिए । साउदीले भने नाकाबान्दी आफ्नो तर्फबाट हटाएको हो ।

साउदी अरेबियाले हवाई मार्ग, जलमार्ग र स्थलमार्ग जनवरी ४ को राति १२ बजेबाट खोल्न सहमत भएको कुवेतका विदेश मन्त्री डाक्टर शेख अहमद नासेर अल मोहम्मद सवाहले बताएका छन् । कुवेतले गल्फ राष्ट्रले कतारमाथि लगाएको नाकाबन्दी हटाउन सधैं मध्यस्थकर्ताको भूमिका निभाउँदै सङ्कटको समयमा असल मित्रराष्ट्र भएको आफूलाई प्रमाणित गर्दै आएको छ ।

यसैबीच कतारका अमिर सेख तमिम बिन हमाद अल थानी कतारको तर्फबाट मङ्गलबार अरब सहयोग परिषद्को ४१ औँ सम्मेलनमा भाग लिन साउदी अरेबिया प्रस्थान गर्ने कार्यक्रम रहेको जानकारी यहाँको संसदद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । नाकाबन्दी हटाउने साउदी अरेबियासँगको सहमतिले कतारमा रहेका जनमानसमा खुसियाली छाएको छ । कतारमा लागेको नाकाबन्दीपछि थुप्रै नेपालीले रोजगारीसमेत गुमाएका थिए ।