birat ribon

शीतलहरले विस्थापितको बिचल्ली

Neuro
शीतलहरले विस्थापितको बिचल्ली

विराटनगर । शीतलहर र हुस्सुसँगै चिसो बढेपछि सुदूरपश्चिमी तराईमा केही दिनयता साँझ–बिहान मात्रै होइन, दिउँसै घरभित्र पनि मुटु काँप्ने गरेको छ ।

यही वेला कैलालीको गौरीगंगा नगरपालिका– १ स्थित जंगलमा त्रिपालको टहरामा बसिरहेका पहिरोपीडित परिवार कष्टकर दैनिकी बिताइरहेका छन् । बालबालिका र वृद्धवृद्धालाई चिसोबाट जोगाउनै मुस्किल भएको उनीहरूले बताएका छन् ।

cura insider

सामुदायिक वन क्षेत्रमा त्रिपालको टहरा बनाएर बसिरहेकी भावना कार्कीले सातमहिने छोरी र दुई वर्षीय छोरालाई चिसोबाट कसरी जोगाउने भन्ने चिन्ता लागेको बताइन् । केही दिनयता चिसो बढेसँगै बाढीपीडित शिविरमा बालबालिका बिरामी पर्न थालेका छन्, तर त्रिपालको टहराभित्र चिसो छेक्ने आवश्यक न्यानो कपडा छैन ।

लगाउने न्यानो लुगासमेत पर्याप्त नभएकाले बालबालिकालाई चिसोबाट बचाउन समस्या भएको उनले दुखेसो गरिन् । ‘अस्ति छोरालाई ज्वरो आएपछि स्वास्थ्यचौकी लग्नुपर्‍यो । डाक्टरले चिसोबाट जोगाउनु भनेका थिए,’ भावनाले पीडा सुनाइन्, ‘यस्तो चिसोमा टहरामा बस्नुपरेको छ, न्यानो लुगा पनि छैन । कसरी जोगाउनु ?’

त्रिपालमुनि बसिरहेका बालबालिका र वृद्धवृद्धामा ज्वरो, रुघाखोकी, बान्ता आउने, झाडापखाला लाग्नेजस्ता समस्या देखिन थालेको उनीहरूले बताएका छन् । उनीहरू कैलालीकै पहाडी क्षेत्रमा पर्ने चुरे गाउँपालिकाबाट विस्थापित भएर २६ मंसिरमा तराई झरेका हुन् । कतै बस्ने ठाउँ नपाएपछि गौरीगंगा–१ को जंगलमा त्रिपालको टहरा बनाएर बसिरहेका छन् ।

साउनमा आएको पहिरोले उनीहरूको घरखेत बगाएको थियो । अहिले चुरे गाउँपालिकाको वडा नं. ६ र ७ का एक सय ६९ पीडित परिवार जंगलमा बसिरहेको पहिरोपीडित संघर्ष समितिका अध्यक्ष टीकाराम कार्कीले बताए । उनका अनुसार टहरमा बसिरहेकामध्ये ४० जना बालबालिका छन् । ‘न्यानो लुगा छैन । आगो बाल्नका लागि जंगलबाट दाउरा लिन पाएका छैनौँ,’ अध्यक्ष कार्कीले भने, ‘बालबालिकामा रुघाखोकी, झाडापखाला, ज्वरो, बान्ता आउनेजस्ता समस्या देखिन थालेका छन् । बुढापाका पनि चिसोले समस्यामा छन् ।’ अहिले १५ बालबालिका बिरामी रहेका उनले बताए ।

यति धेरै पीडित परिवार बिचल्ली हुँदा प्रदेश सरकार पनि सुतेको छ,’ पीडितले दुखेसो पोखे, ‘तीनवटा सरकार हुँदा पनि हाम्रा दुःख कसैले देखेन ।’ गाउँबाट राजमार्ग छेउछाउ र त्यहाँबाट तराई झरेपछि पीडित परिवारका विद्यालय जाने उमेरका बालबालिकाको पढाइ पनि रोकिएको छ ।

चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकाले विस्थापित परिवारको पुनर्स्थापनाका लागि प्रदेश र संघीय सरकारसँग पहल गरिरहेको बताए । नयाँ पत्रिका दैनिकमा समाचार छ

jackson ribon