birat ribon

स्थानीयले लखेटे एसएसबी

Neuro
स्थानीयले लखेटे एसएसबी

विराटनगर । नेपाल–भारत पूर्वी सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जबर्जस्ती पिलर गाडेको थाहा पाएपछि स्थानीयले रोकेका छन् ।

इलामको सूर्योदय नगरपालिकाको हिलेभन्ज्याङमा आइतबार राति एसएसबीले पिलर गाडेको थाहा पाएपछि घटनास्थल पुगेर स्थानीयले पिलर गाड्न रोकेका हुन् । स्थानीयको हुलसहित सशस्त्र प्रहरी पुगेपछि आफूले गाडेको पिलर उखेलेर एसएसबी त्यहाँबाट भागेको छ । एसएसबीले ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस)ले देखाएको ठाउँ भन्दै नेपाली भूभागपट्टि पिलर गाड्ने प्रयास गरेको सशस्त्र प्रहरी बलको पशुपतिनगरस्थित बोर्डर आउट पोस्ट (बीओपी)का इन्स्पेक्टर नवीन खतिवडाले बताए । उनले भने, ‘हामी कसैलाई थाहै नदिई विवादित ठाउँमा एसएसबीले पिलर गाड्न खोजेको रहेछ ।’

cura insider

नेपाल र भारतको सिमानामा लामो समयदेखिको विवाद र मिचामिचको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ । पटक पटक सिमानामा भएको विवादले स्थानीय समस्यामा पर्न थालेका छन् । केही समय अघिदेखि सीमामा समस्या नभएजस्तै गरे पनि सानोतिनो समस्या अहिले पनि देखिरहने गरेको छ ।

नेपालको पूर्वी क्षेत्रमा भारतसँग जोडिएको सीमा क्षेत्रमा जिल्लाको प्रमुख सुरक्षा चुनौती देखिएको छ । नेपाल–भारत सीमास्तम्भको सुरक्षा र त्यहाँ भइरहने गतिविधि मुख्य चुनौतीका रूपमा रहेको छ ।

भारतीय सीमा क्षेत्र इलामको पशुपतिनगरसहित सलकपुर, समालवुङ, छब्बिसे, कालपोखरी र जौवारीमा बीओपी स्थापना भइसकेका छन् । मानेभन्ज्याङमा बीओपी राख्ने तयारी अन्तिम चरणमा पुगेको छ भने पाटापुर, मेघमा, गोर्खे र सन्दकपुर पनि प्रस्तावित छन् ।

देशकै पर्यटकीय गन्तव्य मानिएको सन्दकपुर डाँडामा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थालेको भ्यु टावर निर्माणमा पनि एसएसबीले रोक लगाएको थियो । त्यो भ्यु टावर बन्दै गरेको जग्गा नेपालकै हो तर एसएसबीले आफ्नो भन्दै रोक लगाएको होे ।

इलामको ५२ किलोमिटर भूमि भारतसँग जोडिएको छ । इलाममा नेपाल–भारत सिमानामा पर्ने ठाउँमा एसएसबीले दशगजाभित्रै पाल टाँगेर र हतियार पनि सोझ्याएर बस्छन् । भारतले बारम्बार सीमा मिचेर संरचना बनाइरहन्छ तर नेपाली भूभागमा संरचना बनाउँदा पनि पटक पटक रोक लगाउने र दुःख दिइरहने गरेको स्थानीयको भनाइ छ ।

इलाम जिल्लाको भागमा पर्ने भारतीय सिमानामा जम्मा १४६ वटा सीमा स्तम्भ छन् । हाल मुख्य १६ सहायक ७० र सानो २१ वटा मात्र स्तम्भ रहेका छन् । केही वर्षअघिकै अध्ययनले पूर्वको मानेभन्ज्याङदेखि जिर्मलेसम्म ४५ सीमास्तम्भ गायब भएको देखाएको थियो । राजधानी दैनिकमा समाचार छ

jackson ribon