Rumpum Advertisement

बार्सिलोनामा दुई जनालाई कोरोना सङ्क्रमण

बार्सिलोनामा दुई जनालाई कोरोना सङ्क्रमण

विराटनगर । स्पेनिस फुटबल क्लब बार्सिलोनामा दुई जनालाई कोरोना भाइरस सङ्क्रमण भएको क्लबले पुष्टि गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै बार्सिलोनाले मुख्य प्रशिक्षक रोनाल्ड कोइम्यानका दुई स्टाफमा कोरोना सङ्क्रमण भएको जनाएको हो ।

दुई सदस्यमा कोरोना देखिएपछि मङ्गलबार (आज) को प्रशिक्षण स्थगित भएको क्लबले जनाएको छ । बार्सिलोना एथ्लेटिक क्लबसँगको खेलका लागि प्रशिक्षणरत थियो । बार्सिलोनाले बुधबार राति एथ्लेटिकोसँग उसैको मैदानमा खेल्दैछ ।

‘सोमबार गरिएको परीक्षणमा दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । अब मङ्गलबार बिहान सबै सदस्यको पुनः परीक्षण गरिनेछ’, विज्ञप्तिमा जनाइएको छ । यस्तै कोरोना रिपोर्ट आएपछि आजबाट प्रशिक्षण थाल्ने पनि क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: