Rumpum Advertisement

अमेरिकापछि बेलायतमा कोरोना सङ्क्रमण धेरै

Neuro
अमेरिकापछि बेलायतमा कोरोना सङ्क्रमण धेरै

विराटनगर । बेलायतमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिइरहेको छ । नयाँ प्रकृतिको भाइरस पनि बेलायतमै पहिलो पटक भेटिएको थियो ।

कोरोना सङ्क्रमण तीव्र रुपमा फैलनेमा बेलायत अमेरिकापछिको मुलुक बनेको छ । कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित मुलुक हो अमेरिका । सङ्क्रमणबाट प्रभावित हुने सूचीमा बेलायत पाँचौं नम्बरमा छ । तर केही दिनयता दैनिक सङ्क्रमित भने अमेरिकापछि सबैभन्दा धेरै बेलायतमा भेटिने गरेका छन् ।

एकै दिन एक लाख ५३ हजार पाँच सय ९४ जना नयाँ बिरामी थपिएपछि अमेरिकामा सङ्क्रमित सङ्ख्या दुई करोड १३ लाख १३ हजार नौ सय ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ८६ को ज्यान गएसँगै अमेरिकामा मृत्यु हुने सङ्क्रमित सङ्ख्या तीन लाख ६१ हजार पाँच सय ७४ पुगेको छ ।

एक करोड २६ लाख ६५ हजार एक सय १० जना उपचारपछि निको भएका छन् । ८२ लाख ८७ हजार दुई सय ६५ जना उपचाररत रहेकोमा २९ हजार चार सय ७७ जनाको अवस्था चिन्ताजनक छ ।

बेलायतमा दैनिक ५० हजार बढी सङ्क्रमित भेटिने गरेका छन् । पछिल्लो २४ घण्टामा ५८ हजार सात सय ८४ जना नयाँ बिरामी थपिए । बेलायतमा हालसम्म सङ्क्रमित सङ्ख्या २७ लाख १३ हजार पाँच सय ६३ पुगेको छ ।

एकै दिन चार सय सात जनाको ज्यान गएको छ । मृत्यु हुने सङ्क्रमित सङ्ख्या ७५ हजार चार सय ३१ रहेको छ । सङ्क्रमितमध्ये एक हजार आठ सय ४७ जनाको अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टामा १६ हजार दुई सय ७८ नयाँ बिरामी थपिएपछि छिमेकी मुलुक भारतमा सङ्क्रमित सङ्ख्या एक करोड तीन लाख ५७ हजार पाँच सय ६९ पुगेको छ । एकै दिन दुई सयको ज्यान गएसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक लाख ४९ हजार आठ सय ८६ पुगेको छ ।

९९ लाख ७५ हजार तीन सय ४० जना उपचारपछि निको भएका छन् । दुई लाख ३२ हजार तीन सय ४३ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वमै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

कोरोना प्रभावितमध्ये तेस्रो नम्बरमा रहेको मुलुक ब्राजिलमा एकै दिन २० हजार आठ सय २४ नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या ७७ लाख ५४ हजार पाँच सय ६० पुगेको छ । पछिल्लो २४ घण्टामा पाँच सय ७३ जनाको ज्यान गएसँगै मृत्यु हुने सङ्क्रमितको सङ्ख्या एक लाख ९६ हजार पाँच सय ९१ पुगेको छ ।

सङ्क्रमितमध्ये ६८ लाख ७५ हजार दुई सय ३० जना उपचारपछि निको भएका छन् । छ लाख ८२ हजार सात सय ३९ जना उपचाररत छन् । उपचार जारी रहेकामध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

रसियामा एकै दिन २३ हजार तीन सय ५१ नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या ३२ लाख ६० हजार एक सय ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा चार सय ८२ जनाको मृत्यु भएसँगै ज्यान गुमाउने कोरोना सङ्क्रमितको सङ्ख्या ५८ हजार नौ सय ८८ पुगेको छ ।

कोरोना पुष्टि भएकामध्ये २६ लाख ४० हजार ३६ जना उपचारपछि निको भएका छन् । पाँच लाख ६१ हजार एक सय १४ जना उपचाररत रहेकोमा दुई हजार तीन सय जनाको अवस्था चिन्ताजनक छ । रसिया कोरोनाका कारण प्रभावित हुनेमध्ये चौथो नम्बरमा रहेको मुलुक हो ।

विश्वमा सङ्क्रमित सङ्ख्या आठ करोड ६० लाख ४० हजार दुई सय २८ पुगेको छ । एकै दिन चार लाख ८५ हजार तीन सय ६२ जना नयाँ बिरामी थपिए । पछिल्लो २४ घण्टामा आठ हजार तीन सय ८८ जनाको मृत्यु भयो । हालसम्म ज्यान गुमाउने सङ्क्रमित सङ्ख्या १८ लाख ५९ हजार २३ पुगेको छ ।

छ करोड नौ लाख ६० हजार नौ सय जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै घर फर्किएका छन् । दुई करोड ३२ लाख २० हजार तीन सय पाँच जना उपचाररत छन् । उपचाररतमध्ये एक लाख सात हजार छ सय ९४ जनाको अवस्था गम्भीर रहेको छ ।