birat ribon

साउथह्याम्पटनसँग लिभरपुल स्तब्ध

Neuro
साउथह्याम्पटनसँग लिभरपुल स्तब्ध

विराटनगर । इङ्ग्लिस प्रिमियर लिगमा साविक विजेता लिभरपुल पराजित भएको छ । सोमबार राति भएको खेलमा लिभरपुल साउथह्याम्पटनसँग १–० गोलले स्तब्ध बनेको हो ।

साउथह्याम्पटनको मैदानमा घरेलु टोलीलाई जिताउन डेनी इङ्ग्सले निर्णायक गोल गरेका थिए । खेलको दोस्रो मिनेटमा उनले गरेको गोल नै साउथह्याम्पटनलाई जिताउन निर्णायक बन्यो ।

cura insider

लिभरपुललाई हराउन सफल भएपछि साउथह्याम्पटनका प्रशिक्षक राफेल हासेन्हुट्टल घुँडा टेकेर मैदानमै भावुक बनेका थिए ।

जितसँगै साउथह्याम्पटन पाँचौं स्थानमा उक्लिएको छ । उसले १७ खेलमा २९ अङ्क जोडेको छ । लिभरपुल भने ३३ अङ्कसहित शीर्ष स्थानमा छ ।

jackson ribon