birat ribon

‘कौसीद’ को शुभमुहूर्त (फोटो फिचर)

Neuro
‘कौसीद’ को शुभमुहूर्त (फोटो फिचर)

विराटनगर । नायिका ऋचा शर्माको प्रस्तुती रहेको फिल्म ‘कौसीद’ को शुभमुहूर्त भएको छ । शुक्रबार चावहिलस्थित गणेशस्थान मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको हो ।

निर्देशक कुमार भास्कर, निर्माता केदार भुषालसहित ऋचाले पूजाआजा गरी फिल्मको शुभ मुहूर्त गरेका हुन् भने चलचित्रकर्मी केशव पाण्डेले मुहूर्त शटको क्ल्याप गरेका थिए ।

cura insider
135231825_108274024513185_155380499454610460_n.jpg

मध्यमवर्गीय व्यक्तिले जीवनयापनका सहज तरिकाले चलाउन के कस्ता व्याधा व्यवधानको सामना गर्नुपर्छ भन्ने विषयमा फिल्मको कथावस्तु बनेको बड पिक्चर्सका संस्थापक तथा फिल्म ‘कौसिद’का कार्यकारी निर्माता दिमेश श्रेष्ठले बताए ।

‘कौसिद’को छायांकन माघ १ गतेदेखि सुरु हुने निर्माण टिमले बताएको छ । फिल्ममा नवविजय प्रकाश श्रेष्ठ र धिरज थपलियाको कथा रहने छ । निरन्जन श्रेष्ठ, रुपेश दाहाल, निर्भिक भट्टराई, सदीक्षा गौतमलगायतको पनि फिल्ममा अभिनय रहनेछ ।

jackson ribon