Rumpum Advertisement

कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्रमा गोली चल्यो, एक जना घाइते

Neuro
कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्रमा गोली चल्यो, एक जना घाइते

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिका नेपाल(भारत सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मी एसएसबीले गोली चलाएको छ । सोमबार साँझ एसएसबीको लागेर दोधाराचाँदनी–१ का अन्दाजी १६ वर्षीय नरेन्द्र लुहार घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार लुहारको खुट्टामा गोलीको छर्रा लागेको छ । भारतीय वन क्षेत्र गठिगोठमा गएका बेला लुहारमाथि गोली लागेको भन्ने कुरा बुझिएको बताउँदै उनले भारतीय वन रक्षकले गोली चलाएको हुन सक्ने अनुमान गरेको र विस्तृत विवरण अनुसन्धानपछि थाहा हुने बताए ।

घाइते लुहारलाई उपचारका लागि महाकाली अस्पताल ल्याउने कार्य भइरहेको छ । साँझ ६ बजेर ३० मिनेट जाँदा लुहारमाथि गोली चलाइएको बताइएको छ । गोली किन चलाइएको भन्नेबारे खुल्न सकेको छैन ।