Rumpum Advertisement

स्वारेजको बहिर्गमनपछि मेस्सीलाई ‘पार्टनर’को अभाव

Neuro
स्वारेजको बहिर्गमनपछि मेस्सीलाई ‘पार्टनर’को अभाव

विराटनगर । बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई नयाँ पार्टनरको अभाव खड्किएको छ । लुइस स्वारेज क्याप नोउ छोडेर एथ्लेटिको मड्रिड गएपछि अर्जेन्टिनी स्टार मेस्सीले पार्टनरको अभाव खड्किएको हो ।

आइतबार राति मेस्सीकै पासमा मिडफिल्डर फ्रेन्की डी योङले निर्णायक गोल गर्दै बार्सिलोनालाई जित दिलाएका थिए । गए राति बार्सिलोनाले हुएस्कामाथि १–० गोलको जित दर्ता गरेको थियो ।

हुएस्काको मैदानमा बार्सिलोनालाई जिताउन डी योङले निर्णायक गोल गरेका थिए । डी योङले मेस्सीको पासमा गोल गर्दै बार्सिलोनालाई महत्त्वपूर्ण तीन अङ्क दिलाए । यो असिस्टसँगै मेस्सीले आफ्नो करिअरको तीन सयौं असिस्ट पूरा गरेका छन् । उनले सात सय ५० खेल खेल्दै तीन सय असिस्ट पूरा गरेका हुन् ।

तर, अहिले भने मेस्सीले स्वारेजसँग जस्तो अरु खेलाडीसँग समन्वय गर्न सकेका छैनन् । मेस्सीले स्वारेजलाई सबैभन्दा धेरै पास मिलाएका थिए । उरुग्वेका स्ट्राइकरलाई मेस्सीले ३९ गोलमा पास मिलाएका छन् ।

मेस्सीको स्वारेजसँगको जस्तो समन्वय एन्टोइन ग्रिजम्यान, मार्टिन ब्रेथवेट वा ओस्मान डेम्बेलेसँग मिल्न सकेको छैन । स्वारेजको बहिर्गमनपछि मेस्सीलाई पार्टनरको अभाव खड्किा थालेको छ ।

यसै समरमा बार्सिलोनाबाट निराश हुँदै एथ्लेटिकोमा अनुबन्ध भएका स्वारेजले ला लिगाको डेब्यू सिजनमै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । बार्सिलोनामा रोनाल्ड कोइम्यान प्रशिक्षकका रूपमा आएसँगै स्वारेज बाहिरिन बाध्य भएका थिए । उनी बार्सिलोनाका लागि सर्वाधिक गोल गर्ने तेस्रा खेलाडीसमेत हुन् ।