birat ribon

इबोला पत्ता लगाएका वैज्ञानिकको चेतावनी : नयाँ रोग ‘डिजिज एक्स’ को लागि संसार तयार रहनुपर्ने

Neuro
इबोला पत्ता लगाएका वैज्ञानिकको चेतावनी : नयाँ रोग ‘डिजिज एक्स’ को लागि संसार तयार रहनुपर्ने

विराटनगर । करिब चार दशक अगाडि इबोला भाइरसको खोजी गर्ने वैज्ञानिकले चाँडै नै नयाँ रोग ‘डिजिज एक्स’ (साङ्केतिक नाम)का लागि संसार तयार हुनुपर्ने चेतावनी दिएका छन् ।

वैज्ञानिक जीन–ज्याक्स मुयेम्बेले तामफूम, जसले सन् १९७६ मा इबोला भाइरस पत्ता लगाउन सहयोग पु¥याए, उनले अज्ञात सङ्ख्यामा नयाँ भाइरसहरूको सामना गर्नुपर्ने चेतावनी जारी गरेका हुन् ।

cura insider

उनले अफ्रिकाको ट्रपिकल रेन फरेस्टमा नयाँ र सम्भावित घातक भाइरसहरू देखा परेको जानकारी दिएका छन् । जिनका अनुसार आज हामी यस्तो दुनियाँमा छौं जहाँ नयाँ भाइरस बाहिर आउनेछन् र यी भाइरस मानवताका लागि खतरा बन्नेछन् ।

उनले भविष्यमा निम्तिने महामारी कोरोना भाइरसभन्दा बढी खतरनाक हुने र यसले संसारको पूर्ण विनाश गर्न सक्ने बताएका छन् । कङ्गोको इगेन्डेमा एक महिला (नाम नखुलाइएको) मा रक्तश्रावका साथै ज्वरो (हेमोरेजिक फिभर) देखिएको थियो ।

उक्त बिरामीको इबोलालगायत सबै परीक्षण गराउँदा समेत रिपोर्ट नेगेटिभ आएको थियो । डाक्टरलाई उनी ‘डिजिज एक्स’ को पहिलो बिरामी हुनसक्ने भन्ने डर छ ।

उक्त नयाँ भाइरस कोरोनाजस्तै तीव्र रूपमा फैलिन सक्ने र यसको मृत्युदर इबोलाभन्दा ५० देखि ९० प्रतिशत बढी रहेको बताइएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार ’डिजिज एक्स’ अहिले एक परिकल्पनिक रोग हो । तर, यदि रोग पुष्टि भएमा यसले विश्वभरि विनाश निम्त्याउन सक्ने वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन् ।

प्राध्यापक जीनले नै पहिलोपटक रहस्यमय भाइरसद्वारा पीडित बिरामीको रगतको नमूना लिएका थिए जसलाई पछि इबोला नाम दिइएको थियो । इबोलाले रक्तश्राबसहितको ज्वरो निम्त्याउने हुँदा यामबूकू मिसन अस्पतालमा ८८ प्रतिशत बिरामी र ८० प्रतिशत कर्मचारीको मृत्यु भएको थियो ।

प्राध्यापक जीनले अझ धेरै मानिस जनावरबाट फैलिने रोग(जुनोटिक डिजिज) बाट ग्रसित हुने चेतावनी दिएका छन् ।

भाइरसको बढ्दो सङ्ख्या धेरै हदसम्म जनावरको आवासको विनाश र वन्यजन्तु व्यापारको परिणाम हो । सार्स, मर्स र कोभिड १९ भाइरस सबै कोरोना भाइरस हुन् जुन मानवमा फैलिएका छन् । कोभिड १९, सम्भवतः चीनमा चमेरोबाट उत्पन्न भएको भन्ने सोचाइ राखिएको छ ।

बेलायतको एडिनबर्ग विश्वविद्यालयका सङ्क्रामक रोग महामारी विज्ञानको प्राध्यापक मार्क वूलहाउसले गरेको एक शोधअनुसार हरेक तीनदेखि चार वर्षको अन्तरालमा संसारमा एक नयाँ भाइरस देखापरिरहेको छ । तीमध्ये अधिकांश भाइरस जनावरबाट आइरहेका छन् ।

जङ्गली जनावरलाई मारिएको खण्डमा इबोला र कोरोना जस्ता महामारी फैलिनसक्छन् । जनावर बेच्ने स्थान (वेट मार्केट)मा राखिएका जिउँदा जनावरमध्ये कुनै पनि जनावरभित्र ‘डिजिज एक्स’ भएको हुनसक्छ ।

वैज्ञानिकले पहिला पनि यस प्रकारका बजारलाई मानिसमा फैलने रोगसँग सम्बन्धित भएको जनाएका थिए, किनकि एभियन फ्लू र सार्स दुवै उक्त स्थानबाट फैलिएको थियो ।

jackson ribon