Rumpum Advertisement

‘कृष्णलीला’को छायाङ्कन सकियो

Neuro
‘कृष्णलीला’को छायाङ्कन सकियो

विराटनगर । दीपक ओलीको निर्देशन रहेको फिल्म ‘कृष्णलीला’को छायाङ्कन सकिएको छ । निर्माण टिमले क्रु मेम्बरसहित इन्ड क्ल्यापको फोटो शेयर गर्दै ४०औं दिनमा सुटिङ सकिएको जानकारी गराएका हुन् ।

फिल्मको छायाङ्कनअन्तर्गत पूर्व नेपालको सुनसरी, इलाम, पाचथर, झापालगायतका विभिन्न ठाउँका रमणीय दृष्यहरूलाई कैद गरिएको छ् । लक्ष्मण सुवेदीको लेखन रहेको फिल्म ‘कृष्णलीला’मा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईंलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘कृष्ण लीला’को निर्मातामा प्रकाश कार्की र केवल तामाङ छन् ।