birat ribon

हात्तीको आक्रमण बढेपछि स्थानीय आन्दोलित

Neuro
हात्तीको आक्रमण बढेपछि स्थानीय आन्दोलित

इनरुवा । सुनसरीको कोसी क्षेत्रमा एकपछि अर्को जङ्गली जनावरको आतङ्क र आक्रमण बढेपछि स्थानीयहरू आन्दोलित बनेका छन् । पुस महिनामा मात्रै दुईजनाको ज्यान लिनेगरी हात्ती आक्रमण भएको र दर्जनभन्दा बढी घरमा क्षति गर्नुका साथै बालीमा नोक्सानी गरेकाले स्थानीयहरू सङ्घर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका हुन् ।

कोसी गाउँपालिकाका कोसीटप्पु वन्यजन्तु आरक्ष पीडितहरूको भेलाले जङ्गली जनावर पीडित सङ्घर्ष समिति निर्माण गर्दै आन्दोलनको घोषणा गरेका हुन् । पछिल्लो पटक कोसी–५ का मोती कामतको हात्ती आक्रमणमा ज्यान गएपछि समिति निर्माण गरेर आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।

cura insider

कोसी गाउँपालिकामा जङ्गली जनावर पीडितहरूले लामो समयदेखि उठाउँदै आएको समस्याहरूलाई सम्बोधन नगरेपछि आन्दोलनको घोषणा गरेका हुन् । सरोकारवाला निकायलाई पटक–पटक ज्ञापनपत्र बुझाए पनि कुनै वास्ता नगरेकाले सङ्घर्ष समितिको सोमबारको भेलाले आन्दोलनको घोषणा गरेको हो ।

कोसी गाउँपालिकाको नहरचोकमा सयौंको सङ्ख्यामा उपस्थित भएका सर्वसाधारणहरूको भेलाले विभिन्न नाराबाजी गर्दै कोसीटप्पु वन्यजन्तु आरक्षका प्रमुख चन्द्रशेखर चौधरीलाई ज्ञापनपत्र बुझाएका छन् ।

सङ्घर्ष समितिले ज्ञापनपत्र बुझाएपछि पुनः नहर चोकका सर्वसाधारणहरू विभिन्न नाराबाजी गर्दै कोणसभाको आयोजना गरेका थिए । कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले कोणसभालाई सम्बोधन गर्दै सङ्घर्ष समितिले घोषणा गरेको आन्दोलनलाई पूर्ण समर्थन गरेको बताए ।

अध्यक्ष अन्सारीले अनुशासनमा रहेर आन्दोलन गर्नुपर्नेमा जोड दिएका थिए । यस समस्यालाई समाधानका लागि आफूबाट पूर्ण सहयोग हुने बताउँदै अन्सारीले प्रत्येक घरबाट सहभागी हुनुपर्ने बताए ।

jackson ribon