Rumpum Advertisement

प्रेस युनियन धरान नगर सभापतिमा मात्रिका

प्रेस युनियन धरान नगर सभापतिमा मात्रिका

धरान । नेपाल प्रेस युनियन, धरान नगर समितिको सभापतिमा मात्रिकाप्रसाद नेपाल चयन भएका छन् । सोमबार धरानको सेक्ष होटलमा भएको युनियन धरान नगरसमितिको भेलाले कार्यसमिति पुनर्गठन गरेको हो ।

भेलाले निर्वतमान सभापति शुक्रान्त राईलाई जिल्ला समिति सदस्यमा मनोनयन गर्ने सिफारिस गर्दै नेपाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

यसअघि नेपाल युनियनको सचिव पदमा रहेका थिए । कार्यसमिति पुनर्गठनअन्तर्गत समितिको उपाध्यक्षमा पारस राई, सचिवमा शान्ता निरौला दाहाल चयन भएका छन् भने सह–सचिवमा सङ्गीता राई र कोषाध्यक्षमा वसन्त राई चयन भएका छन् ।

सदस्यहरूमा सुमित कार्की, रोहित कुलुङ राई, सञ्जीता धमला र सुविक्षा राई छन् । युनियन सुनसरी जिल्ला सभापति पवन अधिकारीको सभापतित्वमा भएको भेलाले पूर्व–अध्यक्ष शुक्रान्तसहित लक्ष्मण थापा र विनय प्रधानलाई सल्लाहकारमा चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: