birat ribon

संसद् विघटनको जवाफ पुनर्स्थापनाबाहेक केही हुन सक्दैन : पन्त

Neuro
संसद् विघटनको जवाफ पुनर्स्थापनाबाहेक केही हुन सक्दैन : पन्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको स्थायी कमिटी सदस्य रघुजी पन्तले आगामी आन्दोलन नेकपाकै शक्तिको भरमा अघि बढ्ने बताएका छन् ।

सोमबार नेकपा प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठकपश्चात सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै स्थायी कमिटी सदस्य पन्तले सरकारको संसद् विघटनको असंवैधानिक कदमविरुद्ध संयुक्त आन्दोलनको लागि प्रयास जारी राख्दै आगामी आन्दोलन भने नेकपाकै शक्तिको भरमा अगाडि बढाउने बताएका हुन् ।

cura insider

पन्तले संसद् विघटनको सम्बन्धमा सर्वोच्च अदालतले कुनै नेता अथवा आन्दोलनकारीको मुख हेरी फैसला नगर्ने टिप्पणी गरे ।सर्वोच्च अदालतले संविधान हेरेर फैसला गर्ने भएकोले संसद् विघटनको जवाफ पुनर्स्थापनाबाहेक केही हुन नसक्ने उनले बताए ।

संविधानले संसद् विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिएको उनको भनाइ छ । स्थायी कमिटी सदस्य पन्तले नेकपाको कमाण्ड प्रचण्ड–माधव पक्षसँग भएको, बहुमत भएको, सूर्य चिन्ह आफूहरूले पाउने, संसद पुनर्स्थापना हुने र नेकपाको सम्पत्ति आफूहरूको हुने दाबी गरे ।

jackson ribon