birat ribon

प्रधानमन्त्री ओलीले देशलाई गृहयुद्धमा धकेले : कृष्ण पहाडी

Neuro
प्रधानमन्त्री ओलीले देशलाई गृहयुद्धमा धकेले : कृष्ण पहाडी

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गृहयुद्धमा धकेलेको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी पहाडीले गणतन्त्रमाथि वितृष्णा पैदा गर्ने र देशलाई गृहयुद्धमा धकेल्ने काम प्रधानमन्त्री ओलीबाट भइरहेको बताएका हुन् ।

cura insider

लामो सङ्घर्षपछि प्राप्त उपलब्धीहरूलाई कुल्चेर गणतन्त्रमाथि वितृष्णा पैदा गर्ने काम भएको बताउँदै उनले संसद्मा अविश्वास प्रस्ताव आउँदैछ भन्ने आशङ्का भएपछि प्रधानमन्त्री ओलीले संसद्को प्राण हरण गरेको बताए ।

यस्तै प्रधानमन्त्री ओली सत्तामा पुगेपछि पटकपटक गैह्रसंवैधानिक कार्यको शिलशिलालाई प्रारम्भ गरेको पनि आरोप लगाए ।सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको कदमलाई सदर गर्ने हो भने नेपालमा जुनसुकै प्रधनमन्त्रीले संविधान विघटन गर्नसक्ने बताए ।

नेपालको संविधान निर्माण भएपछि विरोध गर्ने र आगो लगाउनेहरूले अहिले संविधानको रक्षाको लागि सडकमा उत्रिएको तर संविधान उत्कृष्ट छ भन्नेहरूले संविधानको पाना च्यात्ने काम गरेको पनि बताए ।

jackson ribon