birat ribon

बायोग्यास प्रबर्द्धन गर्न सरकारलाई सुझाव

Neuro
बायोग्यास प्रबर्द्धन गर्न सरकारलाई सुझाव

काठमाडौँ/नवीकरणीय उर्जाको प्रयोग र प्रबर्द्धनमा स्थानीय सरकारलाई पहिलो प्राथमिकता दिएर राष्ट्रिय नीति बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् ।

नेपाल बायोग्यास प्रबर्द्धन सङ्घको रजत वर्षको अवसरमा आयोजित कार्यक्रम एवं २५ औँ वार्षिक साधारणसभामा बोल्दै सरोकारवालाहरुले नवीकणीय उर्जा कार्यान्वयनका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने बताएका हुन् ।

cura insider

नेपालको संविधानले नवीकरणीय उर्जालाई स्थानीय सरकारको मातहतमा राखे पनि अधिकांश कार्यक्रमहरु सङ्घीय सरकारले गर्न खोज्दा सरकारबीच क्षेत्राधिकारको अन्योलता उत्पन्न भएको छ । त्यसैले पनि स्थानीय सरकारलाई नवीकरणीय उर्जा विकासका कार्यक्रम कार्यान्वयन गर्न नीतिगत रुपमा सहयोग गर्नुपर्नेमा सरकोकारवालाहरुले जोड दिएका हुन् ।

कार्यक्रममा पूर्वमन्त्री गणेश साहले नवीकरणीय उर्जाको कार्यान्वयनका लागि स्थानीय तहलाई उपयुक्त नीति निर्माण गर्न केन्द्रीय सरकारबाट सहयोग हुनुपर्ने बताए । नेपालमा कोभिड–१९ पछि व्यावसायिक पशुपालन बढेकाले बायोग्यासको सम्भावना रहेको उल्लेख गर्दै सरकारले उपयुक्त नीति निर्माण गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले योजना आयोगले दुई लाख स्थानीय र पाँच सय ठूला कमर्सियल स्तरका बायोग्यास स्थापना गर्ने लक्ष्य अगाडि सारेको बताए । अहिलेसम्म नेपालको अर्थतन्त्रमा बायोग्यासको योगदान करिब दुई खर्ब बराबरको रहेको उल्लेख गर्दै सदस्य ओलीले निजी क्षेत्रबाट नवीकरणीय उर्जा विकासमा अहिलेसम्म अपेक्षा गरिएभन्दा धेरै योगदान भएको बताए ।

हालसम्म नेपालका करिब चार लाख ५० हजारको हाराहारीमा घरेलु बायोग्यास प्लान्टहरु जडान भइसकेको तथ्याङ्क सङ्घसँग रहेको छ । जसबाट घरमा बायोग्यास चुलो बल्नेमात्र नभई कार्बन व्यापारबाट झण्डै एक खर्ब बढी राजश्व आर्जन गर्न सफल भएको पनि सङ्घले बताएको छ ।

jackson ribon