Rumpum Advertisement

अत्यधिक मसलादार र पिरो खानाले समस्या निम्त्याउँछ

Neuro
अत्यधिक मसलादार र पिरो खानाले समस्या निम्त्याउँछ

विराटनगर/कसैलाई गुलियो खाना बढी मन पर्छ भने केहीलाई मसलादार, पिरो खान मन हुन्छ ।

तर, ती दुवैलाई दैनिकजसो उच्च मात्रामा सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । मसलादार खाना खान मन पराउने व्यक्तिहरू हरेक दिनको खानामा खोर्सानी थप्ने गर्छन् । प्रत्येक दिन खोर्सानीको सेवनले स्वास्थ्यमा हानी गर्छ । अत्यधिक मसलादार खानाले विभिन्न प्रकारको क्षति पुर्‍याउन सक्छ ।

अत्यधिक मसालेदार वा पिरो खाना खाँदा पेटमा असहज र जलन पैदा हुन सक्छ । यो विशेषगरी रातको खाना र सु्त्ने समयबीच ग्याप नभएमा हुने गर्छ । रातको समयमा धेरै मसलादार वा पिरो खाना खानाले ग्यास्ट्रिक ग्रन्थीहरूलाई बिगार्न सक्छ । साथै, यसले अपच र निद्रा नलाग्ने समस्या पनि हुन सक्छ ।

अत्यधिक मसला तथा पिरो खानाले मेटाबोलिजमलाई ढिला बनाउँछ जसकारण खाएको खाना पचाउनका लागि धेरै समय लाग्ने गर्छ । यसले शरीरको ऊर्जा स्तरमा पनि नराम्रो प्रभाव पार्छ । खोर्सानीमा क्याप्सैसिन भनिने एक पदार्थ पाइन्छ जसले एसिडिटीको समस्या उत्पन्न गराउँछ । अत्यधिक मसलादार तथा पिरो खानाले अपच र निद्रामा समस्या हुन्छ जसको सिधा असरलाई शरीरको तौलमा पनि देख्न सकिन्छ ।

अत्यधिक पिरोको सेवनले झाडापखाला लाग्न सक्छ । साथै, मलाशय सुन्निने तथा पोल्ने समस्या पनि हुने हुँदा विशेषगरी पाइल्सबाट पीडित व्यक्तिहरूको मसालेदार तथा पिरो खानु पीडादायक हुन सक्छ ।