Rumpum Advertisement

सन्दीपले एक विकेट लिएको खेलमा होबार्ट पराजित

सन्दीपले एक विकेट लिएको खेलमा होबार्ट पराजित

विराटनगर । अष्ट्रेलियामा भइरहेको बिग बास लिग (बिबिएल) मा नेपाली राष्टिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने आबद्ध होबार्ट हरिकेन्स पराजित भएको छ ।

सोमबार भएको खेलमा हरिकेन्स मेलबर्न स्टार्ससँग ११ रनले पराजित भएको हो । ब्लन्डस्टोन एरिनामा स्टार्सले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको हरिकेन्सले निर्धारित २० ओभर खेल्दा छ विकेटको क्षतिमा एक सय ७३ रन मात्र बनाउन सक्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा छ विकेट गुमाएर एक सय ८३ रन बनाएको थियो ।

यस खेलमा सन्दीपले एक विकेट लिए । सन्दीपले चार ओभरमा ३६ रन खर्चिएर एक विकेट लिएका हुन् ।

सन्दीपले लगातार दोस्रो खेलमा विकेट लिएका हुन् । अघिल्लो खेलमा उनले २ विकेट लिएका थिए ।