birat ribon

देशभर मौसम बदली

Neuro
देशभर मौसम बदली

काठमाडौँ/आज (सोमबार) देशका धेरैजसो स्थानमा मौसम बदली भएको छ ।

पश्चिमी वायुमा विकसित भएको निम्नचापीय प्रणालीको प्रभावका कारण देशका धेरैजसो भूभागहरुमा मौसम बदली भएको छ । हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

cura insider

महाशाखाका अनुसार आज देशभर सामान्य बदली रहने र सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, वाग्मती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुने छ ।

यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भू–भागहरुका केही स्थान तथा लुम्बिनी प्रदेश, वाग्मती प्रदेश र प्रदेश १ को भूभागहरुमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले बताएको छ ।

आज राति पनि देशभर बदली रही उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हिमपात हुने र अन्य स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै मङ्गलबार र बुधबार पनि आजको जस्तै मौसम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकामा पनि घाम लागेको छैन । बिहान हल्का पानी परेको थियो । काठमाडौँ उपत्यकालाई पूर्ण रुपमा बादलले ढाकेकाले खासै चिसो महसुस भने भएको छैन ।

jackson ribon