Rumpum Advertisement

काम गर्न नदिएपछि ताजा जनादेशको निर्णय : मन्त्री तुम्बाहाम्फे

काम गर्न नदिएपछि ताजा जनादेशको निर्णय : मन्त्री तुम्बाहाम्फे

विराटनगर/ पार्टीभित्रैबाट सरकारको काम कारवाहीमा अवरोध हुन थालेपछि ताजा जनादेशमा जाने निर्णय भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले बताएकी छन् ।

सोमबार प्रेस सङ्गठन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले असहयोगका करण प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जाने निर्णय गरेको बताएकी हुन् ।

मन्त्री तुम्बाहाङ्फे तोकिएको मितिमा चुनाब गर्नका लागि सरकार लागिपरेको बताइन् । ‘तोकिएको मितिमा चुनाब हुन्छ, त्यसका लागि आवश्यक सबै तयारी हुँदैछ,’ उनले भनिन्, ‘चुनाब हुने विषयमा शंका नगर्दा हुन्छ ।’

मन्त्री तुम्बाहाङ्फेले प्रतिनिधिसभा विघटन भएको अवस्थामा वर्तमान सरकारले कामचलाउ सरकारको रुपमा काम गरिरहेको बताइन् । प्रतिनिधिसभा नभएको अवस्थामा रहने सरकार काम चलाउ हुने बताउँदै उनले सरकारले काम कारवाहीका लागि रिक्त रहेको मन्त्रीपद प्रधानमन्त्रीले पूर्ति गरेको बताइन् ।

तुम्बाहाम्फेले प्रदेशसभा पनि विघटन हुने सम्भावना रहेको बताएकी छन् । राष्ट्रिय राजनीतिक घटनाक्रमको प्रभाव प्रदेशसभामा पनि परेकाले संविधान, प्रदेशको ऐन, नियमावलीअनुसार प्रदेशसभा विघटन हुन सक्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्: