birat ribon

लागूऔषधसहित तीन पक्राउ

Neuro
लागूऔषधसहित तीन पक्राउ

विराटनगर/प्रहरीले आइतबार मोरङका विभिन्न स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

आइतबार दिउँसो सुन्दरहरैंचा–११का ३२ वर्षीय कुशल चौधरीलाई पक्राउ अवैध लागूऔषधसहित पक्राउ गरेको हो । चौधरीका साथबाट लुपिजेसिक–६ एम्पुल, एभिल ६ एम्पुल, डाइजेलाव ६ एम्पुल, फेनारगन ६ एम्पुल लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

cura insider

त्यस्तै, विभिन्न लागूऔषधसहित पथरी शनिश्चरेका अनिलकुमार राईलाई पनि लागूऔषधसहित विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ । उनका साथबाट लुपिजेसिक ८, एभिल ८, डाइजेल्याब ८ र फेरानगन ८ एम्पुल लागूऔषध बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

त्यसैगरी, आइतबार दिउँसो शनिश्रचरे–१ का अनिश नेपालीलाई पनि अवैध लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । मोरङको सुनवर्षी नपा–८, हर्सनगडी चोकमा चेकजाँचका क्रममा उनको साथबाट नाइट्रोभेट ट्याब्लेट २३ थान, आईपीपीएल ६ एम्पुल, डाइजोल्याब ६ एम्पुल, फेनारगन ६ एम्पुल र एभिल ६ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

jackson ribon