birat ribon

कमेडियन मुनव्वरसहित पाँच स्ट्यान्डअप कमेडियन पक्राउ

Neuro
कमेडियन मुनव्वरसहित पाँच स्ट्यान्डअप कमेडियन पक्राउ

विराटनगर/भारतका चर्चित कमेडियन मुनव्वर फारूकीसहित पाँच जना स्टेन्डअप कमेडियन पक्राउ परेका छन् । हिन्दु धर्मको अपमान गरेको आरोपमा इन्दौर प्रहरीले कमेडियन मुनव्वर फारूकी, एडविन एन्थनी, प्रखर व्यास, प्रियम व्यास र नलिन यादवलाई पक्राउ गरेको हो ।

शुक्रबार इन्दौरको एक क्याफेमा आयोजना गरिएको कार्यक्रममा कमेडियनहरुले हिन्दु देवीदेवताको खिल्ली उढाउँदै आफ्नो प्रस्तुति दिएका थिए । संयोगवश त्यस कार्यक्रममा हिन्दुवादी नेता एकलव्य लक्ष्मण सिंह पनि उपस्थित थिए । कमेडियन मुनव्वर फारूकी आफ्नो प्रस्तुति दिने क्रममा हिन्दु देवीदेवता र अमित यादवमाथि केही टिप्पणी गरे जसका कारण एकलव्य लक्ष्मण सिंह आक्रोशमा आए । मिडिया रिपोर्टका अनुसार त्यस घटनालगत्तै कार्यक्रम स्थगित गरिएको थियो र केही समय हङ्गामा मच्चिएको थियो ।

cura insider

हिन्दुवादी नेता एकलव्य लक्ष्मण सिंहको उजुरीपछि उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार प्रमाणका रुपमा पेश गरिएको भिडियोमा कमेडियनले आपत्तिजनक टिप्पणी गरेका छन् । उनीहरुलाई शनिबार अदालत लगिएको थियो ।

हिन्दुवादी नेता एकलव्य लक्ष्मणका केही कार्यकर्ताहरुले कमेडियनहरु र उनीहरूलाई भेट्न पुगेका साथीमाथि कुटपिट गरेको अनुराग द्वारीले ट्वीट गरेका छन् ।

jackson ribon