birat ribon

पत्नीको उपचार गराउन प्रचण्ड भारत जाँदै

Neuro
पत्नीको उपचार गराउन प्रचण्ड भारत जाँदै

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि आज (सोमबार ) भारत जाँदै छन्।

दाहाल पत्नी सीतालाई लिएर दिउँसो ११ बजे भारतको मुम्बई जाने उनको सचिवालयले जनाएको छ । आफ्नो समूहको आइतबार भएको स्थायी कमिटी बैठकमा पनि उनले पत्नीको उपचारका लागि भारत जाने कुरा जानकारी गराएका थिए ।

cura insider

विहान ११ बजेको उडानबाट दाहाल भारत प्रस्थान गर्ने तयारीमा छन् । दाहाल–नेपाल समूहले संसद विघटनकाविरुद्ध आन्दोलन घोषणा गरिसकेको छ । दाहाल पत्नीको उपचारका क्रममा भारतमा रहँदा अरु नै नेताहरुले आन्दोलनका कार्यक्रमलाई अघि बढाउने र आगामी रणनीति तयार गर्ने स्रोतले बतायो । स्रोतका अनुसार सरकारविरुद्धको आन्दोलनमा दाहालले भारतबाटै समन्वय गर्ने छन् ।

लामो समयदेखि वंशानुगत पार्किन्सनजस्तो देखिने रोगले पीडित दाहाल पत्नी सीताको स्वास्थ्य अवस्था थप बिग्रँदै गएपछि भारत लान लागिएको हो। केही दिनअघि मेडिसिटी अस्पतालमा उपचार गरी उनी अहिले खुमलटारस्थित घरमै आराम गरिरहेकी छन्य । यसअघि उनको अमेरिका, सिंगापुर र भारतमा पनि उपचार भएको थियो। अहिले सीता सहयोगी बिना हिँडडुल गर्न सक्दिनन् ।

jackson ribon