birat ribon

भारतले लगायो खोप निर्यातमा रोक

Neuro
भारतले लगायो खोप निर्यातमा रोक

विराटनगर । भारत सरकारले कोरोना भाइरसविरुद्धको खोप अन्य मुलुकमा निर्यात गर्न रोक लगाएको छ ।

आफ्ना नागरिकलाई दिइसकेपछि मात्रै अरु मुलुकमा खोप निर्यात खुला गरिने सरकारी अधिकारीले जनाएका छन् । एस्ट्राजेनेकाले विकास गरेको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि भारतले अनुमति दिइसकेको छ ।

cura insider

अक्सफोर्डको खोप उत्पादन गरिरहेको आफ्नो देशस्थित सिरम इन्स्टिच्युटलाई भारत सरकारले अहिले अन्य देशमा खोप निर्यात नगर्न निर्देशन दिएको हो। अक्सफोर्डले विकास गरेको कोरोनाविरुद्धको खोपको आपतकालीन प्रयोग गर्न भारत, बेलायतलगायत धेरै देशले अनुमति दिइसकेका छन्।

सिरम कम्पनीका कार्यकारी अधिकृत अदार पुनावालाले खोप निर्यातमा भारत सरकारले लगाएको रोक सकारात्मक भएको बताए । पहिले आफ्नो देशका नागरिकलाई प्राथमिकता दिने उद्देश्यले खोप निर्यातमा रोक लगाइएको भन्दै भारत सरकारको निर्णयप्रति उनले सम्मान व्यक्त गरेका छन्।

भारतमा विश्वकै ठूलो कोरोनाविरुद्ध खोप अभियान सुरु हुन लागेको दाबी गरिएको छ। झन्डै ३० करोड नागरिकलाई खोप दिने भारतको तयारी छ।

jackson ribon