birat ribon

ट्रम्पद्धारा भोट मिलाइदिन आग्रह गरेको अडियो रेकर्ड सार्वजनिक

Neuro
ट्रम्पद्धारा भोट मिलाइदिन आग्रह गरेको अडियो रेकर्ड सार्वजनिक

विराटनगर । अमेरिकाको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि पराजित बनेका डोनाल्ड ट्रम्पले भोट मिलाइदिन आग्रह गरेको अडियो रेकर्ड सर्वाजनिक भएको छ ।

जर्जिया प्रान्तका शीर्ष चुनाव अधिकारीलाई आफूलाई जिताउन लायक भोटको बन्दोबस्त गरिदिन उनले आग्रह गरेको रेकर्ड बाहिर आएको हो । यो रेकर्डिङ वासिङ्टन पोस्टले सार्वजनिक गरेको हो । यसमा राष्ट्रपति ट्रम्प रिपब्लिकन सेक्रेट्री अफ स्टेट ब्रेड रेफनस्पर्जरसँग भनिरहेका छन्, ‘म ११,७८० भोट मात्रै खोज्न चाहन्छु ।’

cura insider

पोस्टका अनुसार रेफनस्पर्जरले भने ट्रम्पलाई जर्जियाको नतिजा सही भएको जवाफ दिइरहको रेकर्डमा सुन्न सकिन्छ । वासिङ्टन पोस्टले जारी गरेको कल रेकर्डिङमा राष्ट्रपति ट्रम्पले जर्जियाका सेक्रेट्री अफ स्टेटमाथि दबाब दिइरहेको सुन्न सकिन्छ । आफूले जर्जियाको चुनाव जितेको कुरालाई उनले जोड दिएर भनिरहेको सुन्न सकिन्छ ।

यस्तै रेफेनस्पर्जर जवाफ दिन्छन्, ‘राष्ट्रपति महोदय, तपाईंको अगाडि चुनौती यो छ कि जुन डाटा तपाईं देखाइरहनुभएको छ, त्यो गलत छ ।’ राष्ट्रपति ट्रम्पले अधिकारीलाई सम्भावित कानुनी नतिजाको धम्की पनि दिन्छन् । उनी भन्छन्, ‘तिमीलाई थाहा छ, उनीहरुले के गरेका छन् ? यसबारे जानकारी नदिनु अपराध हो । तिमीले यस्तो हुन दिनेछैनौ । यो तिमी र तिम्रा अधिवक्ता रियानका लागि ठूलो खतरा हो ।’

राष्ट्रपति ट्रम्पले रेफेनस्पर्जरलाई राज्यको नतिजा पुनः समीक्षा गर्न आदेश दिन्छन् । ह्वाइट हाउसले अहिलेसम्म कल रेकर्डिङ जारी गरिएकोबारे कुनै टिप्पणी गरेको छैन ।

डेमोक्रेट उम्मेद्वारा जो बाइडेनले राष्ट्रपति चुनावमा जर्जिया प्रान्तमा जीत हाँसिल गरेका थिए । उनले कूल ३०६ इलेक्टोरल भोट जितेका थिए जबकी ट्रम्पले २३२ भोट पाएका थिए ।

मतदानलगत्तै राष्ट्रपति ट्रम्पले चुनावमा अत्यधिक मात्रामा धोका भएको आरोप लगाइरहेका छन् । गत नोभेम्बर ३ मा भएको चुनावमा धाँधली भएको प्रमाणविहीन आरोप लगाउँदै उनले हार स्वीकार गर्न मानिरहेका छैनन् । अमेरिकाका सबै ५० प्रान्तले अब चुनावी नतिजा प्रमाणित गरिदिएका छन् । अमेरिकाको अदालतले अहिलेसम्म जो बाइडेनको जीतविरुद्ध दर्ता गरिएको ६० वटा रिट खारेज गरिसकेको छ ।

राष्ट्रपतिमा निर्वाचित जोन बाइडेनले २० जनवरीमा अमेरिकाको राष्ट्रपति पदको शपथ ग्रहण गर्नेछन् । सिनेटका दुई सिटका लागि मंगलबार जर्जियामा हुने मतदानले सत्ता सन्तुलनलाई प्रभावित गर्नसक्छ । यदि डेमोक्रेट पार्टीका दुबै उम्मेद्वारले जितेको खण्डमा सिनेटमा रिपब्लिकन र डेमोक्रेट दुबै पार्टीका बराबर प्रतिनिधि हुनेछन् र तब निर्णायक भोट उप–राष्ट्रपति चुनिएकी कमला ह्यारिससँग हुनेछ ।

यस्तै कांग्रेसको तल्लो सदनमा पहिलेदेखि नै डेमोक्रेट पार्टीको बहुमत छ ।

पूर्व रक्षामन्त्रीको अपिल

अमेरिकाका १० पूर्व रक्षामन्त्रीले राष्ट्रपति ट्रम्पलाई चुनाव नतिजामाथि प्रश्न नगर्न र सेनालाई यो विवादमा समावेश नहुन अपिल गरेका छन् । वासिङ्टन पोस्टमा लेखिएको लेख अनुसार पूर्वमन्त्रीले अमेरिकी सेनालाई चुनावको विवाद सुल्झाउन समावेश गर्ने प्रयासले देशलाई खतरनाक, गैर कानुनी र असंवैधानिक जमिनमा लिएर जाने खतरा छ ।

jackson ribon